काठमाडौँमा ‘विश्व सामाजिक मञ्च’ को बैठक हुने
काठमाडौँ । विश्व सामाजिक मञ्चको १६औँ बैठक फागुन ३ देखि ७ गतेसम्म काठमाडौँमा हुने भएको छ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ आयोजना गरिने बैठकमा आर्थिक असमानता, जलवायु न्याय, श्रम, बसाइँसराइ, जातीय विभेद, लैङ्गिक समानता, शान्ति, दिगो विकासलगायत मुद्दामा छलफल केन्द्रित हुने कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्रले आज यहाँ पत्रकार सम्मेलन गरेर जनाएको छ ।
वातावरणीय दिगोपन, विश्वव्यापी वित्तीय प्रणाली, लैङ्गिक समानता र महिला अधिकार, श्रम अधिकार र प्रवास, शान्ति, न्याय र मानव अधिकार तथा आदिवासी जनजातिका अधिकारबारे बैठकमा छलफल हुनेछ ।
स्विट्जरल्याण्डको डाभोसमा वार्षिक रूपमा आयोजना हुने विश्व आर्थिक मञ्चको विकल्पका रूपमा मञ्चलाई विकास गरिएको दाबी गर्दै बैठक आयोजक मध्येको एक संस्था उक्त केन्द्रले सातवटै महादेशका प्रतिनिधिले त्यसमा भाग लिने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण