शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

क्यानडामा भएको दुर्घटनामा दुई जना नेपाली विद्यार्थीको मृत्यु

बुधबार, ०२ फागुन २०८०, २२ : ००
बुधबार, ०२ फागुन २०८०

विराटनगर । क्यानडाको अन्टारियो प्रान्तस्थित लण्डन सहरमा मंगलबार भएको सवारी दुर्घटनामा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । लण्डनबाट उत्तर दिशामा रहेको हाइबरी एभ्येनुमा पर्ने माइल्स रोड र इडर्टन रोड क्षेत्रमा तीनवटा कारहरू दुर्घटनामा परेको अन्टारियो प्रोभिन्सियल पुलिसले जनाएको अन्टारियोमा रहेका नेपाली बेनुपराज भट्टराईले जानकारी दिए ।

त्यहाँ रहेका नेपालीले दुर्घटनामा पर्नेहरू उच्च शिक्षा अध्ययन गर्न पुगेका नेपालीहरू रहेको उल्लेख गरेका छन् । घटनामा १० जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । तीमध्ये दुईजनाको अवस्था सिकिस्त रहेको जनाइएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकका युवक र सोलुखुम्बुकी युवती रहेको खुलेको छ । स्थानीय प्रहरीले गोपनीयताका कारण उनीहरूको नाम भने सार्वजनिक नगरेको भट्टराईले बताए । उनीहरू लण्डनस्थित फेन्सअ अलेजमा अध्ययनरत विद्यार्थी रहेको जनाइएको छ ।

स्थानीय एक मोटर पार्ट्स कम्पनीमा आंशिक समय कार्यरत उनीहरू बिहानीको ड्युटी गर्नका लागि उज्यालो नहुँदै कारमा कार्यस्थलतर्फ गइरहेका बेला दुर्घटना भएको थियो । प्रहरीको अनुसन्धान जारी रहेको र मृतकका परिवारलाई पहिले जानकारी दिने प्रक्रियाका कारण आधिकारिक रूपमा उनीहरूको नाम सार्वजनिक नगरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप