हेमन्त र बिन्दुले ल्याए रोमान्टिक गीत ‘धर्ती माथि जून’
शुक्रबार, ०४ फागुन २०८०, १३ : ५१

काठमाडौँ । गायक हेमन्त शर्माको स्वर रहेको नयाँ गीत ‘धर्तीमाथि जून’ सार्वजनिक भएको छ । गीतमा शर्मालाई गायिका बिन्दु पौडेलले स्वरमा साथ दिएकी छन् ।
दीपक शर्माको शब्द तथा सङ्गीत रहेको गीतमा सङ्गीत संयोजन नरेन्द्र वियोगीको छ । गायक शर्माले ‘उता परेली झिम झिम’ को सफलतापछि गायिका पौडेलसँगको सहकार्यमा नयाँ गीत ल्याएका हुन् ।
गीतको म्युजिक भिडियोमा अभिनेता अनुपविक्रम शाही र मोडल कविता नेपालीको अभिनय रहेको छ । नवराज उप्रेतीको छायाङ्कन, अमृत चापागाईँको सम्पादन रहेको भिडियो मौसम हिमालीले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा
-
राष्ट्रपति रामचन्द्र पौडेलको शुभकामना सन्देश
-
प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देश
-
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको शुभकामना सन्देश
-
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माको शुभकामना सन्देश
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची