शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरमा पारसले गरे ‘एक्सपर्ट एजुकेशन’को २१ औं शाखाको उद्घाटन

शुक्रबार, ०४ फागुन २०८०, १४ : १५
शुक्रबार, ०४ फागुन २०८०

ललितपुर । नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले एक्सपर्ट एजुकेशन भिसा सर्भिसको २१ औं शाखाको उद्घाटन गरेका छन् । ललितपुरको कुमारी पार्टीमा सञ्चालनमा आएको २१ औं शाखाको उद्घाटन गर्दै खड्काले एक्सपर्टको काम नामजस्तै रहेको बताए ।

साथै विदेश जान चाहनेहरुलाई यो सर्भिसले राम्रो सल्लाह दिँदै आएको र आगामी दिनमा पनि दिने विश्वास गरे । खड्का एक्सपर्ट एजुकेशनको ब्रान्ड एम्ब्यासडर समेत हुन् ।  शाखाको पूर्व क्रिकेटर पारस खड्काको साथमा इ क्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, आइरिनका अध्यक्ष हेमन्त भट्टराईले रिबन काटेर उद्घाटन गरेका थिए ।   

एक्सपर्टको नेपालभर योसहित २१ वटा ब्रान्च सञ्चालनमा आएका छन् । उपत्यकामा भने कुमारी पाटीमा सहित तीनवटा शाखा सञ्चालनमा छन् ।  एक्सपर्ट विदेश जानका लागि सबैभन्दा उत्तम विकल्प भएको उपस्थित अतिथीहरुले बताएका थिए । यूरोप, अमेरिका, अष्ट्रेलिया, क्यानडासहित विश्वका अधिकांश देशमा एक्सपर्टले विद्यार्थीहरु पठाउँदै आएको छ । एक्सपर्टको विश्वका १५ भन्दा बढी देशमा ६० भन्दा बढी शाखाहरु सञ्चालनमा छन् । 

उद्घाटन समारोहमा बोल्दै एक्सपर्टका नेपाल प्रमुख खेम संग्रौलाले भने– ‘हामीले सन् २००३ मा ४–५ जनाको सानो समूह मिलेर यो कम्पनी खोलेका थियौँ । अहिले यो कम्पनीमा ५ सय भन्दा बढी जोडिनुभएको छ । हामीले इमान्दारिता, निरन्तरता र मनमा धर्मलाई मुख्य ध्येय बनाएर काम गर्यौं । जसकाकारण, आजका दिनमा आम विद्यार्थी र अभिभावकको साथ हामीले पाएका छौं ।’

यस्तै, कार्यक्रममा बोल्दै इ क्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले देशभर २१ वटा शाखा विस्तार हुनु र आम विद्यार्थी र अभिभावकको विश्वास जित्नु सामान्य कुरा नभएको भन्दै यसका एक्सपर्ट सफल भएको बताए ।  कार्यक्रममा बोल्दै आइरिनका अध्यक्ष हेमन्त भट्टराइले नाम अनुसारको काम एक्सपर्टले गर्न सकेको भन्दै बधाई दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप