गर्वले मर्नु
आखिरी ढोका घरक्क खुल्यो ।
अगाडि मृत्यु हाँसिरहेको देख्यो ।
दोधारमा बसेर
फर्केर पछाडि हेर्यो,
जिन्दगी रोइरहेको थियो ।
सँघारमा उभिएर अपसोच गर्यो,
"छोडिने जिन्दगीलाई चिन्न सकिन ।"
जिन्दगी चिच्याउँदै उसको हात तान्दैथ्यो,
ऊ छुट्टाउँदैथ्यो, झल्याँस्स ! ब्युँझियो ।
थाह छ त, दिन पछि रात अनि
रात पछि दिन आउँछ ।
मध्यरातमा किन दिन खोज्नु ।
मात्र दुई दिन बाँच्ने जिन्दगी
रोएर किन जिउनु ?
खालि हात जहाँ जानु नै छ,
सब समाएर किन राख्नु ?
मुठ्ठी खोलेर जिउनु,
जिन्दगीको मिठास त्यहाँ चाख्नु ।
रुँदै आएका होइनौँ र,
जाँदा फेरि किन रुनु ?
अचम्म ! जानलाई किन डराउनु ?
थाह छ त,
कति रोदन र पीडा लुकाएर
भित्र भित्रै आफू सुकेर
सब बाहिर हाँसो देखाउँदै छन् ।
देखेर अरूको आफू किन जल्नु ?
अरू जल्दा आफू किन रमाउनु ?
पीडा कष्ट आए जसरी, त्यसरी नै जान्छन् ।
सजग भई जिन्दगी सँग रमेर बग्नु ।
जिन्दगी यसरी मस्तले जिउनु,
मृत्युशय्यामा बस्दा पनि
गर्वले हाँसेर मर्नु ।
(हाल: अमेरिका)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
-
काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण