आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ब्युँझिएको २ घण्टाभित्र किन खानु पर्छ नास्ता ?

सोमबार, ०७ फागुन २०८०, १७ : ४५
सोमबार, ०७ फागुन २०८०

काठमाडौँ । दिनको पहिलो खानालाई ब्रेकफाष्ट भनिन्छ । यसको सिधा सिधा अर्थ हो रातभरिको भोक/व्रत तोड्ने । सधैँ ब्रेकफाष्ट खाने र कहिले नछाड्ने गर्दाका अनेकौँ स्वास्थ्य लाभ भएको अध्ययनहरूले प्रमाणित नै गरिसकेका छन् ।

अहिलेको भागदौडको जिन्दगीमा हामो स्वास्थ्य अनेकौँ कारणले चपेटामा आएको छ । मान्छेसँग समयको एक दम अभाव छ । कतिपय अवस्थामा समय अभाव वा भोक नलागेर मान्छेहरु बिहान केही पनि खाँदैनन् । यो ठूलो गल्ती हो । यसका कारण तौल बढ्न सक्छ । मेटाबोलिजम सुस्ताउँछ । ऊर्जाका लागि शरीरलाई बिहान स्वस्थ नास्ता चाहिन्छ । त्यसो भए बिहानै नास्ता खान किन जरुरी छ ?

साँझ वा राति हामीले खाना खाएपछि रातभरि केही खाँदैनौँ । करिब १०–१२ घण्टा त हामी भोकै हुन्छौँ । राति हाम्रो शरीर, मस्तिष्कले आराम गर्छ । मर्मतको मोडमा जान्छ । तर हाम्रो शरीरको क्रिया रोकिन्न । हाम्रा सबै अंगहरुले काम गरिरहेका हुन्छन् । हाम्रा सारा मांशपेशीमा भएको क्षतिहरुको पनि भर्पाई पनि निदाएकै बेलामा हुन्छ ।

पाचन प्रणालीले पचाउने काम गरिरहेका हुन्छन्, आवश्यक पोषक तत्त्वहरू सोसिरहेका हुन्छन् । बिहान बिहानै शरीरभित्रका ठोस फोहोर निकाल्ने तयारीमा जुटिरहेका हुन्छन् । मुटु, मस्तिष्कलगायत जतिबेला पनि चलिरहने अंगहरुले पनि त ऊर्जा खपत गरिरहेका हुन्छन् । यी सबै कामले हाम्रो सञ्चित ऊर्जा घटाइदिन्छ । बिहानसम्ममा ग्लुकोजको स्तर कम गराइदिन्छ ।

अध्ययनहरुले नियमित रुपमा ब्रेकफाष्ट खानुका अनेकौँ फाइदाहरु औँल्याएका छन् । केही यस प्रकार छन्:

१. स्वस्थ भइन्छ ।

२. काममा एकाग्रता र ध्यान बढ्छ ।

३. दिनभरमा भोकमा नियन्त्रण हुन्छ ।

४. रगतमा चिनी, लिपिड्स र अन्य तत्त्वहरूको स्तर सुध्रिन्छन् ।

५. तौल नियन्त्रणमा सहजता ।

बिहान उठेपछि २ घण्टाभित्रमा खाजा, नास्ता वा खाना खानुपर्छ । तपाईँले पनि बिहानको नास्ता वा खाना नखाने त गर्नु भएको छैन ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप