बलात्कार मुद्दाका फरार अभियुक्त १६ वर्षपछि पक्राउ
आइतबार, २३ वैशाख २०८१, २१ : ३२
काठमाडौँ । बलात्कार मुद्दामा फरार अभियुक्तलाई प्रहरीले कास्कीको पोखराबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको चापाकोट नगरपालिका–७ घर भएका पूर्णबहादुर गुरुङ छन् ।
३७ वर्षीय गुरुङलाई १६ वर्षपछि पक्राउ गरिएको कास्कीका एसपी मोहन थापाले रातोपाटीलाई बताए ।
कास्की जिल्ला अदालतले २०७९ कार्तिकमा उनलाई ११ वर्ष कैद र २५ हजार जरिवाना तथा २ हजार दुई सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला गरेको थियो ।
उनी पोखरा महानगरपालिका–१५ स्थित क्रान्तिटोलमा बस्दै आएका थिए । प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण