उपकुलपति नियुक्ति प्रक्रिया निष्पक्ष र स्वतन्त्र भएन : योगेश भट्टराई
काठमाडौँ । नेकपा एमालेका योगेशकुमार भट्टराईले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया निष्पक्ष र स्वतन्त्र नरहेको बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीज्युले स्वच्छ र स्वतन्त्र ढङ्गले उपकुलपति नियुक्ति गर्ने भने पनि अन्तिममा पारदर्शी बन्न नसकेको जिकिर गरे ।
उनले अनुसन्धान, प्रस्तुतिमा कम नम्बर राखेर अन्तर्वार्तामा बढी नम्बर राख्ने र अन्तर्वार्ता शिक्षामन्त्री र शिक्षा सचिवले लिने प्रक्रियाबाट योग्य व्यक्ति छनोट हुन नसक्ने बताए । उनले पार्टीभित्रका गुटका मानिसलाई उपकुलपति नियुक्ति गर्न लागिएको भन्दै उनले उपप्राध्यापकले उपकुलपतिको अन्तर्वार्ता लिने कुरा राम्रो नभएको बताए ।
उनले अहिलेको उपकुलपति नियुक्ति प्रक्रियाको भर्त्सनासमेत गरे । अहिलेको उपकुलपति नियुक्ति प्रक्रिया तत्काल बन्द गरी स्वतन्त्र र निष्पक्ष ढङ्गले उपकुलपति छनोट प्रक्रिया अघि बढाउन माग गरे ।
उनले पश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चल विश्वविद्यालयको अवस्था पनि त्रिविको जस्तै रहेकाले सोबारेमा पनि विशेष ध्यान दिन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण