‘चरी वनमा’मा चन्द्रकुमार र कौशिलाको अभिनय
शुक्रबार, ११ फागुन २०८०, १२ : २८
काठमाडौँ । गायक–गायिका नकुल थापा, विष्णु थापा, राधिका गिरी र शान्ति पोखरेलको स्वर रहेको लोकदोहोरी गीत ‘चरी वनमा’ सार्वजनिक भएको छ । नकुल थापाको लय र विष्णु थापाको शब्द गीतमा छ ।
राधिका गिरी र शान्ति पोखरेलको संयुक्त प्रस्तुतिमा तयार भएको गीतको भिडियो धर्मस्थलीका विभिन्न आकर्षक स्थानमा छायाङ्कन भएको छ । भिडियोमा चन्द्रकुमार श्रेष्ठ र कौशिला कार्कीको अलावा बाल कलाकार निश्चलजंग थापा र गृष्मा थापा मगरको अभिनय छ । भिडियोमा गायक गायिकालाई पनि लाइभ दोहोरी शैलीमा फिचर्ड गरिएको छ ।
हुम गैरेको निर्देशन तथा सम्पादन रहेको भिडियोमा विकास भारतीको कोरीयोग्राफी, डेनिसको छायाँंकन छ । भिडियो विशाल मुभीले निर्माण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण