‘चरी वनमा’मा चन्द्रकुमार र कौशिलाको अभिनय
शुक्रबार, ११ फागुन २०८०, १२ : २८

काठमाडौँ । गायक–गायिका नकुल थापा, विष्णु थापा, राधिका गिरी र शान्ति पोखरेलको स्वर रहेको लोकदोहोरी गीत ‘चरी वनमा’ सार्वजनिक भएको छ । नकुल थापाको लय र विष्णु थापाको शब्द गीतमा छ ।
राधिका गिरी र शान्ति पोखरेलको संयुक्त प्रस्तुतिमा तयार भएको गीतको भिडियो धर्मस्थलीका विभिन्न आकर्षक स्थानमा छायाङ्कन भएको छ । भिडियोमा चन्द्रकुमार श्रेष्ठ र कौशिला कार्कीको अलावा बाल कलाकार निश्चलजंग थापा र गृष्मा थापा मगरको अभिनय छ । भिडियोमा गायक गायिकालाई पनि लाइभ दोहोरी शैलीमा फिचर्ड गरिएको छ ।
हुम गैरेको निर्देशन तथा सम्पादन रहेको भिडियोमा विकास भारतीको कोरीयोग्राफी, डेनिसको छायाँंकन छ । भिडियो विशाल मुभीले निर्माण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप लिग २ क्रिकेट : आज नेपाल र नेदरल्याण्ड्सबिच प्रतिस्पर्धा
-
‘जेन–जी पुस्तामा ह्युमन टच कम, एक्लोपन बढी छ’
-
म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा
-
राष्ट्रपति रामचन्द्र पौडेलको शुभकामना सन्देश
-
प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देश
-
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको शुभकामना सन्देश