एक स्थानीय तहमा मात्रै स्वास्थ्य बीमा कार्यक्रम लागु हुन बाँकी
शुक्रबार, ११ फागुन २०८०, १४ : ५४

काठमाडौँ । देशभर एक स्थानीय तहमा मात्रै स्वास्थ्य बीमा कार्यक्रम लागु हुन बाँकी छ । देशभरका ७ सय ५३ स्थानीय तहमध्ये बुढानीलकण्ठ नगरपालिकामा मात्रै सो बीमा कार्यक्रम लागू हुन बाँकी रहेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।
बुढानीलकण्ठ नगरपालिकाले तयारी गरिरहेको बोर्डले जनाएको छ ।
२०७२ साल २५ चैतमा कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रम लागु भएको थियो । हाल देशभर करिब ७५ लाख जना यसमा आबद्ध भइसकेका छन् । ४७ लाख ८० हजार जनाले बीमा नवीकरण गरी औषधि उपचार गराइरहेका छन् ।
कार्यक्रममा पाँच जनाको परिवारमा तीन हजार पाँच सय रुपैयाँ प्रिमियम तिर्दा एक लाख रुपैयाँसम्मको उपचार सुविधा पाइने उल्लेख छ । तर पछिल्लो समय अपाङ्गता भएका व्यक्ति, स्वास्थ्य स्वयंसेविका, विपन्न परिवार, ज्येष्ठ नागरिकबाहेकले १० प्रतिशत थप रकम तिर्नुपर्ने योजना लागु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र प्राविधिकको पारिश्रमिक बढ्ने, थपिँदै विभिन्न सुविधा
-
खानेपानीकै लागि बस्ती सार्नुपर्ने अवस्थाको अन्त्य गर्छौ : मन्त्री यादव
-
यस्तो बन्दैछ नागढुंगा–नौबिसे सडकखण्ड, तस्बिरमा हेर्नुहोस्
-
आदि शंकराचार्य : जीवन, दर्शन तथा योगदान
-
च्यासलमा एमाले सचिवालय बैठक जारी
-
रवि लामिछानेविरुद्धको मुद्दा सरकारी वकिलको अध्ययनमै