एक स्थानीय तहमा मात्रै स्वास्थ्य बीमा कार्यक्रम लागु हुन बाँकी
शुक्रबार, ११ फागुन २०८०, १४ : ५४
काठमाडौँ । देशभर एक स्थानीय तहमा मात्रै स्वास्थ्य बीमा कार्यक्रम लागु हुन बाँकी छ । देशभरका ७ सय ५३ स्थानीय तहमध्ये बुढानीलकण्ठ नगरपालिकामा मात्रै सो बीमा कार्यक्रम लागू हुन बाँकी रहेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।
बुढानीलकण्ठ नगरपालिकाले तयारी गरिरहेको बोर्डले जनाएको छ ।
२०७२ साल २५ चैतमा कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रम लागु भएको थियो । हाल देशभर करिब ७५ लाख जना यसमा आबद्ध भइसकेका छन् । ४७ लाख ८० हजार जनाले बीमा नवीकरण गरी औषधि उपचार गराइरहेका छन् ।
कार्यक्रममा पाँच जनाको परिवारमा तीन हजार पाँच सय रुपैयाँ प्रिमियम तिर्दा एक लाख रुपैयाँसम्मको उपचार सुविधा पाइने उल्लेख छ । तर पछिल्लो समय अपाङ्गता भएका व्यक्ति, स्वास्थ्य स्वयंसेविका, विपन्न परिवार, ज्येष्ठ नागरिकबाहेकले १० प्रतिशत थप रकम तिर्नुपर्ने योजना लागु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकको बढ्दो आकर्षणले निम्त्याउने चुनौती र अवसर
-
म्याग्दे गाउँपालिकाले सगरमाथा आरोहण गर्नेलाई पाँच लाख दिने
-
आज पनि माइतीघरमा सुकुमबासीहरुको प्रदर्शन
-
लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर
-
चिनियाँ बक्स अफिस हिट ‘डियर यू’ ले सिङ्गापुरमा छेडेको पहिचान बहस
-
उदयपुरमा टिपर दुर्घटना, ७ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण