सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मौद्रिक नीतिको समीक्षापछि लगातार घट्दै नेप्से, सातामा ५६ अङ्कले घट्यो

शनिबार, १२ फागुन २०८०, ११ : ४३
शनिबार, १२ फागुन २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गरेयता निरन्तर नेप्सेमा गिरावट आउन थालेको छ । अघिल्लो साताभरमा नेप्से परिसूचकमा ३४ अङ्कभन्दा बढीको गिरावट आएको थियो । जुन, यो साता पनि निरन्तर बनेको हो ।

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ५६.१९ अङ्कको गिरावट आएको छ । जम्मा चार दिन कारोबार भएको यो साता सबै कारोबार दिनमा नेप्से परिसूचकमा गिरावट आएको हो । यो साताको सोमबार प्रजातन्त्र भएकाले कारोबार बन्द थियो ।

साताको पहिलो कारोबार दिन आइतबार २७.२१ अङ्कले नेप्से परिसूचक घटेको थियो । यस्तै, मंगलबार १.७६ अङ्कले घटेको बजारमा बुधबार ६.४६ अङ्कको गिरावट आएको थियो । अन्तिम दिन बिहीबार २०.७६ अङ्कले घटेर कारोबार बन्द भएको हो ।

यो सातामा आएको २.७३ प्रतिशतको गिरावट हो । यो सातामा नेप्से परिसूचक २०६२ अङ्कबाट खुलेको थियो । यसमा ५६ अङ्कको गिरावटसँगै २००५ अङ्कमा आएर बन्द भएको छ । यससँगै, २१ सय परिसूचकको बिन्दुतर्फ पुगेको नेप्से परिसूचक पुनः १९ सय अंको नजिक पुगेको छ ।

यो साता नेप्सेमा १५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यो गत साताको तुलनामा न्यून कारोबार हो । गत साता नेप्सेमा २० अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । गत साता ५ दिन नै नेप्से कारोबार भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप