मौद्रिक नीतिको समीक्षापछि लगातार घट्दै नेप्से, सातामा ५६ अङ्कले घट्यो
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गरेयता निरन्तर नेप्सेमा गिरावट आउन थालेको छ । अघिल्लो साताभरमा नेप्से परिसूचकमा ३४ अङ्कभन्दा बढीको गिरावट आएको थियो । जुन, यो साता पनि निरन्तर बनेको हो ।
यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ५६.१९ अङ्कको गिरावट आएको छ । जम्मा चार दिन कारोबार भएको यो साता सबै कारोबार दिनमा नेप्से परिसूचकमा गिरावट आएको हो । यो साताको सोमबार प्रजातन्त्र भएकाले कारोबार बन्द थियो ।
साताको पहिलो कारोबार दिन आइतबार २७.२१ अङ्कले नेप्से परिसूचक घटेको थियो । यस्तै, मंगलबार १.७६ अङ्कले घटेको बजारमा बुधबार ६.४६ अङ्कको गिरावट आएको थियो । अन्तिम दिन बिहीबार २०.७६ अङ्कले घटेर कारोबार बन्द भएको हो ।
यो सातामा आएको २.७३ प्रतिशतको गिरावट हो । यो सातामा नेप्से परिसूचक २०६२ अङ्कबाट खुलेको थियो । यसमा ५६ अङ्कको गिरावटसँगै २००५ अङ्कमा आएर बन्द भएको छ । यससँगै, २१ सय परिसूचकको बिन्दुतर्फ पुगेको नेप्से परिसूचक पुनः १९ सय अंको नजिक पुगेको छ ।
यो साता नेप्सेमा १५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यो गत साताको तुलनामा न्यून कारोबार हो । गत साता नेप्सेमा २० अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । गत साता ५ दिन नै नेप्से कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण