बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

रसियामा हुने विश्व युवा सम्मेलनमा सहभागी युवाहरूको अभिमुखीकरण सम्पन्न

आइतबार, १३ फागुन २०८०, १० : ३८
आइतबार, १३ फागुन २०८०

काठमाडौँ । आगामी मार्च १ देखि ८ सम्म सुरु हुने विश्व युवा महोत्सवमा सहभागी हुन जाने नेपाली युवाहरूको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

रसियास्थित सोची सहरमा हुने महोत्सवमा १ सय ९० देशका २५ हजार भन्दा बढी युवा सहभागी हुनेछन् ।  महोत्सवमा नवपर्वतन, युवाको नवीनतम सोच र विश्वमा युवाको आगामी धारणाका सन्दर्भमा बहस हुनेछ । विश्वका युवाहरूको जमघट हुने कार्यक्रमलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्बोधन गर्नेछन् ।

शनिबार रसियन हासउमा भएको कार्यक्रममा नेपाल राष्ट्रिय तयारी समिति (एनपिसी)का अध्यक्ष सुदिप शर्माले विश्व युवा महोत्सवमा सहभागीलाई गर्न हुने र नहुने विषयमा जानकारी गराएका थिए । नेपालबाट सो कार्यक्रममा नेपालबाट १ सय २५ जना सहभागी हुने एनपिसीका अध्यक्ष शर्माले लाई बताए ।

कार्यक्रममा नेपालस्थित रसियाका राजदूत अलिक्सइ नोभिको पत्नी एरिना, रसियन हाउसका निर्देशक एन्टोन र रसियन दूतावासका प्रथम अधिकृत एलेक्जेण्डरले कार्यक्रममा जान लागेका सहभागीलाई शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका युवा नेता सुदेश पराजुली, वाइसीएल नेपालका केन्द्रीय सचिव तथा प्रवक्ता नवराज ऐरले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, विद्यार्थी, पत्रकार, इन्जिनियर लगायतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप