आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् दादुरा–रुबेला खोप अभियान
खोप अभियान

तस्बिरमा हेर्नुहोस् दादुरा–रुबेला खोप अभियान

आइतबार, १३ फागुन २०८०

काठमाडौँ । काठमाडौँ सहित २४ जिल्लामा आजदेखि दादुरा–रुबेला खोप अभियान सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देखि चैत्र ७ गतेसम्म सो खोप अभियान सञ्चालन हुने जानकारी दियो । 

राष्ट्रिय खोप कार्यक्रम दादुरा–रुबेला खोप अभियान २०८०–२०८१ कार्यक्रम सञ्चालन निर्देशिका अनुसार विगत एक वर्षमा दादुरा रोगको महामारी भएको स्थान र दादुरा रोगका बिरामीको उमेरलाई विश्लेषण गरेर यस अभियानमा दादुरा–रुबेला खोप प्रदान गर्ने लक्षित समूहको आधारमा जिल्लालाई २ समूहमा विभाजन गरेको जनाइएको छ । 

पहिलो समूहमा दादुरा–रुबेलाका लागि उच्च जोखिम भनी पहिचान गरिएका तराईका २१ जिल्ला र काठमाडौँ उपत्यकाभित्रका ३ जिल्ला गरी २४ जिल्ला छन् । दोस्रो समूहमा बाँकी ५३ जिल्ला रहेको निर्देशिकामा उल्लेख छ ।

dadura vaxin (1)dadura vaxin (2)dadura vaxin (3)dadura vaxin (4)dadura vaxin (5)dadura vaxin (6)dadura vaxin (7)dadura vaxin (8)dadura vaxin (9)dadura vaxin (10)dadura vaxin (11)dadura vaxin (12)dadura vaxin (13)dadura vaxin (14)dadura vaxin (15)dadura vaxin (16)dadura vaxin (17)dadura vaxin (18)dadura vaxin (19)dadura vaxin (20)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया