‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
सारांश
- इजरायली अदालतले कब्जा गरिएको पूर्वी जेरुसेलमकी प्यालेस्टिनी पत्रकार बयान अल-जुबालाई 'आतङ्कवादी संगठनको समर्थन' र 'हिंसा भड्काउन उक्साएको' आरोपमा २० महिनाको जेल सजाय सुनाएको छ ।
- पत्रकार जुबाको २० महिनाको जेल सजाय आगामी सेप्टेम्बर ६ देखि सुरु हुनेछ, जसमा ६ महिनाको निलम्बित सजाय र ५,००० इजरायली शेकेल जरिवाना पनि समावेश छ ।
- इजरायली अधिकारीहरूले जुबालाई गत फेब्रुअरीमा जेरुसेलमको अल-अक्सा मस्जिदबाहिरबाट पक्राउ गरेका थिए र उनका सामाजिक सञ्जालका पोस्टहरूलाई प्रमाणका रूपमा पेस गरेका थिए, जसलाई जुबाले खण्डन गरेकी छन् ।
काठमाडौँ । इजरायली अदालतले कब्जा गरिएको पूर्वी जेरुसेलमकी एक प्यालेस्टिनी पत्रकारलाई २० महिनाको जेल सजाय सुनाएको छ । समाचार संस्था एएफपीका अनुसार ३३ वर्षीया स्वतन्त्र पत्रकार बयान अल–जुबालाई ‘आतङ्कवादी संगठनको समर्थन’ र ‘हिंसा भड्काउन उक्साएको’ आरोपमा जेरुसेलम मजिस्ट्रेट अदालतले उक्त सजाय सुनाएको हो ।
अदालतको फैसलाअनुसार पत्रकार जुबाको २० महिनाको जेल सजाय आगामी सेप्टेम्बर ६ देखि सुरु हुनेछ । जेल सजायका साथै अदालतले उनलाई ६ महिनाको निलम्बित सजाय र ५,००० इजरायली शेकेल (करिब १,७०० अमेरिकी डलर) जरिवाना समेत तोकेको छ । अदालतको यो फैसलाबाट आफू स्तब्ध भएको बताउँदै जुबाले ४५ दिनभित्र यसविरुद्ध पुनरावेदन गर्ने जानकारी दिएकी छन् ।
विभिन्न सञ्चार माध्यमहरूमा कार्यरत स्वतन्त्र पत्रकार जुबालाई इजरायली अधिकारीहरूले सन् २०२५ को फेब्रुअरीमा जेरुसेलमको पुरानो सहरस्थित अल–अक्सा मस्जिदबाहिरबाट पक्राउ गरेका थिए । इजरायली अभियोजन पक्षले उनका निजी सामाजिक सञ्जालका खाताहरूमा गरिएका पोस्टहरूलाई नै मुख्य प्रमाणका रूपमा पेस गर्दै उनीमाथि आतङ्कवादी संगठनलाई सहयोग पुर्याएको र उत्तेजना फैलाएको आरोप लगाएको थियो । तर, जुबाले भने आफूमाथि लगाइएका ती आरोपहरूको खण्डन गर्दै आएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण