गजल सन्ध्या पोखरामा मन क्षेत्री, पूर्व अध्यक्षहरुको कार्यसमितिमा कमब्याक
आइतबार, १३ फागुन २०८०, १७ : ०४

पोखरा । गजल सन्ध्या पोखराको अध्यक्षमा मन क्षेत्री सर्वसम्मत चयन भएका छन् । १३ औं अधिवेशनबाट पूर्व अध्यक्ष समेत रहेका क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा पूर्व अध्यक्ष कपिल शर्मा र सचिवमा पनि पूर्व अध्यक्ष उदिपराज ढुंगाना चयन भएका छन् । कोषाध्यक्षमा विष्णु सुवेदी र सहसचिवमा सावित्री गिरी चयन भए ।
सदस्यहरुमा लक्ष्मण तिमिल्सिना, माधव खतिवडा, सागर अधिकारी, शोभा लामिछाने र करणकपुर खनाल छन् । गजल सन्ध्याको गरिमा र उचाईलाई कायम राख्दै संस्थाको विकासमा जुट्ने अध्यक्ष क्षेत्रीले बताए ।
सन्ध्याले हरेक महिनाको दोस्रो शनिबार गजल वाचन र तेस्रो शनिबार अक्षरयात्रा कार्यक्रम गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जेन–जी पुस्तामा ह्युमन टच कम, एक्लोपन बढी छ’
-
म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा
-
राष्ट्रपति रामचन्द्र पौडेलको शुभकामना सन्देश
-
प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देश
-
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको शुभकामना सन्देश
-
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माको शुभकामना सन्देश