गजल सन्ध्या पोखरामा मन क्षेत्री, पूर्व अध्यक्षहरुको कार्यसमितिमा कमब्याक
आइतबार, १३ फागुन २०८०, १७ : ०४
पोखरा । गजल सन्ध्या पोखराको अध्यक्षमा मन क्षेत्री सर्वसम्मत चयन भएका छन् । १३ औं अधिवेशनबाट पूर्व अध्यक्ष समेत रहेका क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा पूर्व अध्यक्ष कपिल शर्मा र सचिवमा पनि पूर्व अध्यक्ष उदिपराज ढुंगाना चयन भएका छन् । कोषाध्यक्षमा विष्णु सुवेदी र सहसचिवमा सावित्री गिरी चयन भए ।
सदस्यहरुमा लक्ष्मण तिमिल्सिना, माधव खतिवडा, सागर अधिकारी, शोभा लामिछाने र करणकपुर खनाल छन् । गजल सन्ध्याको गरिमा र उचाईलाई कायम राख्दै संस्थाको विकासमा जुट्ने अध्यक्ष क्षेत्रीले बताए ।
सन्ध्याले हरेक महिनाको दोस्रो शनिबार गजल वाचन र तेस्रो शनिबार अक्षरयात्रा कार्यक्रम गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण