क्यालिफोर्नियामा मुक्तिनाथ धाम मन्दिरको औपचारिक शिलान्यास
अमेरिका । क्यालिफोर्निया राज्यको बे एरियामा नेपालीहरूले स्थापना गर्न लागेको मुक्तिनाथ धाम मन्दिरको औपचारिक शिलान्यास गरिएको छ । रिचमण्डस्थित ५८०१ म्याकब्राइट एभेन्यूमा रहेको मन्दिर परिसरमा सोमवार एक विशेष पुजा अर्चना गरी पण्डितहरु र धामका अध्यक्ष एवं पदाधिकारीहरूले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।
मुक्तिनाथधामका अध्यक्ष अनिल पाण्डेका अनुसार नेपाल बाहिर शिलान्यास भई स्थापना हुन लागेको यो पहिलो मुक्तिनाथधामको मन्दिर हो । “यो नेपाल र नेपाल बाहिर बस्ने नेपालीहरूको लागि मात्र नभएर विश्वका सबै हिन्दुहरूका लागि गौरवको क्षण हो । किनभने मुक्तिनाथ धाम नेपालमा बाहेक अन्य स्थानमा छैन र पहिलो पटक नेपाल बाहिर क्यालिफोर्नियाको बे एरियामा स्थापना हुँदैछ”, पाण्डेले भने ।
मुक्तिनाथ धाम मन्दिरको शिलान्यास कार्यक्रमसँगै आगामी मार्च ८ मा महाशिवरात्रिको अवसरमा मन्दिरमा प्राण प्रतिष्ठा र लघु रुद्राभिषेकको विशेष तयारी सुरु भएको सल्लाहकार राजेश थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
-
मुलुकको समृद्धिका लागि हरित कर र लगानी विस्तार गर्नुपर्नेमा जोड
-
प्रतिपक्षी दलद्वारा प्रतिनिधिसभा बैठक अवरोध
-
११ बुँदे मागसहित जनमत पार्टीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
-
प्रधानमन्त्रीले क्षमायाचना नगरेसम्म सदन नचलाऔँ : एमाले
-
प्रधानमन्त्रीले सदनमा आएर आफ्नो बोली नसच्याउँदासम्म कार्यसूची अगाडि बढ्दैन : हर्कराज राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण