आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

मेचीनगरमा सशस्त्र प्रहरी र स्थानीयबिच झडप

शुक्रबार, १८ फागुन २०८०, २१ : ४५
शुक्रबार, १८ फागुन २०८०

काठमाडौँ । झापाको मेचीनगर नगरपालिका–६ स्थित शत्तिघट्टामा सशस्त्र प्रहरी र स्थानीयबिच झडप भएको छ । नेपाल भारत सिमानामा बिओपी शक्तिघट्टाबाट खटिएको टोलीले भन्सार छलिको सामान नियन्त्रणमा लिएपछि सशस्त्रमाथि आक्रमण भएको  नम्बर–१ बाहिनीका डिआईजी अन्जनी पोखरेलले रातोपाटीलाई बताए । 

झडप हुँदा सशस्त्रतर्फ ३ जना घाइते भएका छन् । स्थानीयतर्फ कति घाइते भए भन्नेबारे यकिन भैसकेको छैन । भन्सार छलिको सामान पक्राउ गरेर गाडीमा ल्याउँदै गर्दा सशस्त्रको टोलीमाथि सामान ल्याउनेहरुले आक्रमण गरेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप