७ महिनामा एक अर्ब रुपैयाँ बराबरको प्याज आयात
आइतबार, २० फागुन २०८०, १३ : ४४

काठमाडौँ । चालु आर्थिक वर्षको ७ महिनामा ४ करोड ६९ लाख किलो प्याज आयात भएको छ । सो बापत १ अर्ब ९९ करोड ५४ लाख रुपैयाँ निकासी भएको भन्सार विभागले जनाएको छ ।
प्याजबाट सरकारले ४९ करोड ३९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । भारतबाट सबैभन्दा बढी धेरै मात्रामा प्याज आयात भएको छ । ४ करोड ६३ लाख किलो प्याज आयात भएको छ । सोबाट १ अर्ब ९३ करोड २१ लाख रुपैयाँ बाहिरिएको छ ।
यस्तै, चीनबाट ६ लाख ५० लाख किलो प्याज आयात भएको छ । ६ करोड ६ लाख रुपैयाँ खर्च भएको विभागले जनाएको छ । भारत र चीनबाट खानाका लागि ताजा तथा सुकेको प्याज आयात गरिएको हो ।
कोरियाबाट ३० किलो प्याजको बीउ ५ लाख रुपैयाँको आयात भएको छ । यस्तै, दक्षिण अफ्रिकाबाट १ सय किलो प्याजको बीउ आयात गर्दा २२ लाख रुपैयाँको खर्च भएको विभागको तथ्यांकमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नर पौडेलविरूद्धको रिट हेर्न नभ्याइने
-
यु - १६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णालीद्वारा सुदूरपश्चिम पराजित
-
मनसुनजन्य विपद्लाई ध्यान दिँदै बागमती नदीमा गेग्रान हटाउने काम भइरहेको छ : मन्त्री सिंह
-
भरतपुर महानगर र ताराखोला गाउँपालिकाबिच भगिनी सम्बन्ध
-
‘अपाङ्गता ऐन कार्यान्वयनका लागि पहल गरिने’
-
स्याङ्जाको चराङमा स्याउ उत्पादन