व्यवस्था जोगाउने जिम्मेवारी पाएकाबाटै व्यवस्थामाथि संकट छ : भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै व्यवस्था जोगाउने जिम्मेवारी लिएकाहरुबाटै अहिलेको व्यवस्थामाथि संकट रहेको बताएका छन् ।
बुधवार पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा ११४ औं अन्तर्राष्ट्रिय श्रमीक महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले विगतमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन क्रान्ती गर्नेहरुबाटै अहिले गणतन्त्रात्मक शासनलाई सक्ने काम भइरहेको बताए । संघीय लोकतान्त्रिक गणतन्त्रलाई भर्खर जन्मिएको बालकको रुपमा चित्रण गर्दै उनले प्रधानमन्त्री दाहालले संघीयतालाई सक्ने काम गरिरहेको आरोप लगाए ।
उनले अहिले सरकार बच्चाको खेल जस्तो गरेर बनाउने, गिराउने काम भइरहेको पनि बताए । उनले कांग्रेस, कम्युनिष्ट, माओवादीहरु सबैको एउटै धर्म भनेको भ्रष्टाचार गर्नु रहेको बताए । उनले देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक सांसद नभएसम्म अस्थिरता कायम भइरहेको जिकिर गरे ।
उनले आफ्नो पार्टी अरु पार्टी भन्दा उन्नत पार्टी भएकाले अरु पार्टीको पुच्छर नबन्ने दाबी गरे । भट्टरईले क्रान्तिको नेतृत्व गरेकाहरु नै सरकारमा रहँदा पनि विकास हुन नसकेको भन्दै उनीहरुको निकम्मापन, भ्रष्टीकरण, परिवारवाद र नांगो प्रकारको राज्यको दोहनले गर्दा जनतामा वितृष्णा उत्पन्न भएको बताए ।
अध्यक्ष भट्टराईले अहिले अस्थिरता सिर्जना गरेर व्यवस्थालाई नै धराशायी बनाउने काम भइरहेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपरेसन सिन्दूरमा कान्दाहार अपहरणका मास्टर माइन्डसहित ५ आतंकवादी मारिए : भारत
-
नयाँ बजेटमा आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल
-
साउदी अरबका विदेशमन्त्रीद्वारा भारत र पाकिस्तानसँग छलफल
-
उपसभामुख राना बङ्गलादेश प्रस्थान
-
विचार विज्ञानको सशक्त सङ्ग्रह :नेपाल नखुलेका पाटाहरू
-
भारत-पाकिस्तान तनाव : युद्ध रोक्न कूटनीतिक प्रयास