सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थमन्त्री पुनलाई सेयर बजारको स्वागत, नेप्से साढे १३ अंकले बढ्दा ३ अर्बको कारोबार

बिहीबार, २४ फागुन २०८०, १५ : २५
बिहीबार, २४ फागुन २०८०

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनलाई सेयर बजारले स्वागत गरेको छ । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन तोडिएर चार दलीय नयाँ सत्ता गठबन्धन बनेसँगै बुधबार पुन अर्थमन्त्री बनेका थिए । अर्थमन्त्रीलाई लिएर सेयर बजारको जोड घटाउ हेर्ने गरिएकोमा पुन आएको पहिलो दिन नै नेप्सेले हरियो बत्ती बालेको हो 

बिहीबार नेप्से सूचक साढे १३ अंकले बढ्दै २०३०.५५ अंकमा उक्लिएको हो । अघिल्लो दिन नेप्से सू+चक ९ अंक माथिले बढेको थियो ।

यस दिन ३ अर्ब १९ करोड ९२ लाख रुपैयाँ बराबरको ८९ लाख २९ हजार कित्ता सेयर कारोबार भएको छ ।

आज १७६ कम्पनीको सेयर मूल्य बढ्दा ५९ कम्पनीको सेयर मूल्य घटेको छ । १३ वटा उपसूचक मध्ये आज होटेल तथा पर्यटन, म्युचुअल फन्ड र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएको छ भने बाकी १० वटा उपसूचक धनात्मक भएका छन्।

आज पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने एनआईसी ग्रोथफन्ड २ को मूल्य ६.२१ प्रतिशतले घट्न पुगेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप