अर्थमन्त्री पुनलाई सेयर बजारको स्वागत, नेप्से साढे १३ अंकले बढ्दा ३ अर्बको कारोबार
काठमाडौँ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनलाई सेयर बजारले स्वागत गरेको छ । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन तोडिएर चार दलीय नयाँ सत्ता गठबन्धन बनेसँगै बुधबार पुन अर्थमन्त्री बनेका थिए । अर्थमन्त्रीलाई लिएर सेयर बजारको जोड घटाउ हेर्ने गरिएकोमा पुन आएको पहिलो दिन नै नेप्सेले हरियो बत्ती बालेको हो
बिहीबार नेप्से सूचक साढे १३ अंकले बढ्दै २०३०.५५ अंकमा उक्लिएको हो । अघिल्लो दिन नेप्से सू+चक ९ अंक माथिले बढेको थियो ।
यस दिन ३ अर्ब १९ करोड ९२ लाख रुपैयाँ बराबरको ८९ लाख २९ हजार कित्ता सेयर कारोबार भएको छ ।
आज १७६ कम्पनीको सेयर मूल्य बढ्दा ५९ कम्पनीको सेयर मूल्य घटेको छ । १३ वटा उपसूचक मध्ये आज होटेल तथा पर्यटन, म्युचुअल फन्ड र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएको छ भने बाकी १० वटा उपसूचक धनात्मक भएका छन्।
आज पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने एनआईसी ग्रोथफन्ड २ को मूल्य ६.२१ प्रतिशतले घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण