समाजवादी शक्ति निर्माणमा जुट्नुपर्छ : उपेन्द्र यादव
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले समाजवादी शक्ति निर्माणमा सबैजना लाग्नुपर्ने बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले उक्त कुरा बताएका हुन् ।
यादवले उत्पीडित नेपाली जनताको बलिदानी र सङ्घर्षले प्राप्त उपलब्धीको रक्षा गर्दै थप उपलब्धीका लागि एकताबद्ध भएर लाग्नु पर्ने बताए । मुलुकमा विद्यमान भेदभाव, अशिक्षा, गरीबी, बेरोजगारीलगायतका समस्याबाट मूक्ति दिलाउने हामी सबैको कार्यभार भएको उनले बताए ।
उक्त अवसरमा सर्लाही हरिपुरका सुशील महराको नेतृत्वमा करिब एक सय युवा जसपा प्रवेश गरेका छन् । नवप्रवेशीलाई पार्टीका अध्यक्ष उपेन्द्र यादवले खादा र अबिर लगाएर पार्टी प्रवेश गराएका हुन् ।
पूर्व राष्ट्रिय सभा सदस्य रामपृत पासवानको पहलमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य परशुराम बस्नेतलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण