८ बुँदे लिस्बन घोषणापत्र जारी गर्दै पोर्चुगलमा विश्व साहित्य सम्मेलन सम्पन्न
- भरत प्रधान
लिस्बन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आठौँ विश्व साहित्य सम्मेलन पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न भएको छ । तीन दिन सम्म सञ्चालन भएको सम्मेलनले आठ बुँदे लिस्बन घोषणापत्र समेत जारी गरेको हो ।
आइतबार सम्पन्न भएको सम्मेलनले विश्वभर नेपाली भाषा र साहित्यको संरक्षण र संवर्द्धन गर्नुपर्नेमा जोड दिएको छ । यस्तै नेपाली भाषा र साहित्यको प्रचार–प्रसार तथा प्रवासमा नेपाली भाषा पाठशाला सञ्चालनका लागि पनि पहल गरिनेबारे सम्मेलनमा छलफल भएको छ ।
उक्त अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा विश्वभर छरिएर रहेका नेपाली भाषा, साहित्य र संस्कृतिका अध्येता, लेखक, भाषाविद्, कलाकर्मी, संस्कृतिविद्, सर्जक, स्रष्टा र साहित्यकर्मी भेला भएका थिए । सम्मेलनमा नेपाल, भारतसहित विश्वभरका ४० च्याप्टर बाट गरी एक सय बढी प्रतिनिधिको सहभागिता रहेको थियो । नेपालीसहित विभिन्न भाषा, कला, साहित्य र संस्कृतिका विषयमा विज्ञहरूबाट कार्यपत्र प्रस्तुति र छलफलका साथै विभिन्न विधाका २५ वटा कृतिको विमोचन गरिएको थियो ।
सो अवसरमा दुई सय ५० अमेरिकी डलर राशिको नवरत्न पुरस्कार बेलायत निवासी साहित्यकार माया गुरुङ र डा सङ्गीता स्वेच्छालाई प्रदान गरिएको थियो ।
यस्तै नेपाली भाषा र साहित्यको संरक्षण र संवर्द्धनमा योगदान पुर्याएको भन्दै अनेसास पोर्चुगलका संस्थापक अध्यक्ष केजीन राई, डा. मित्रलाल पार्दे पोल्यान्ड, डिल्ली अम्माई बेल्जियम, प्रकाश सापकोटा डेनमार्क, खड्क न्यौपाने जर्मनी, हरिहर अर्याल फ्रान्स, सुमल कुमार गुरुङ बेलायत, सौरभ कारञ्जित बेल्जियम, पञ्चम अधिकारी बेल्जियम लगायतलाई दोसल्ला र कदर पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा अन्तर्दृष्टिका प्रधान सम्पादक पुरु सुवेदीलाई अन्तर्दृष्टि स्वर्ण सम्मान प्रदान गरिएको थियो भने अमेरिका निवासी ईश्वरी भट्टलाई अनेसास हिरोबाट सम्मान गरिएको थियो ।
कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजा, बीओटी सभापति पदम विश्वकर्मा, सल्लाहकार रोहिणी शर्मा, पूर्वअध्यक्षहरु मोहन सिटौला, पुरु सुवेदी, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव विमला निरौला, एनआरएनए आइसिसी सचिव भीम केसी, आइसिसी सदस्य राजकुमार थापा, अनेसास पोर्चुगलका संस्थापक अध्यक्ष केजीन राई, एनआरएनए पोर्चुगलका अध्यक्ष उमेश खड्का, समाजका केन्द्रीय सदस्य यादव देवकोटा, पोर्चुगल च्याप्टरका अध्यक्ष सवी श्रेष्ठ लगायतले नेपाली भाषा र साहित्यका विविध विषयमा धारणा राखेका थिए ।
नेपाली भाषा र साहित्यलाई विश्वव्यापी बनाउन सम्मेलनले ठुलो भूमिका निर्वाह गरेको अध्यक्ष गोवर्द्धन पूजाले बताए । सम्मेलनले नेपाली भाषा र साहित्यको थप प्रचार–प्रसारका साथै यसको संरक्षण र संवर्द्धन गर्नुपर्ने सन्देश दिएको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण