बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

यो साता २१ सयले घट्यो सुनको मूल्य, चाँदी पनि ओरालो

शनिबार, १५ वैशाख २०८१, १५ : १६
शनिबार, १५ वैशाख २०८१

काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्यमा प्रतितोला २१ सय रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म सुनको मूल्यमा उक्त मूल्यको गिरावट आएको जानकारी दिएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ३०० रुपैयाँ थियो । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ६५० रुपैयाँ कायम थियो । महासंघका अनुसार यो साता छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार ५५० रुपैयाँ कायम छ ।

यसबाहेक यो साता चाँदीको मूल्यमा समेत गिरावट आएको छ । महासंघका अनुसार गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १७ सय २० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा १६ सय ७५ रुपैयाँमा आइपुगेको छ । यो प्रतितोला ४५ रुपैयाँको गिरावट हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप