यो साता २१ सयले घट्यो सुनको मूल्य, चाँदी पनि ओरालो
काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्यमा प्रतितोला २१ सय रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म सुनको मूल्यमा उक्त मूल्यको गिरावट आएको जानकारी दिएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ३०० रुपैयाँ थियो । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ६५० रुपैयाँ कायम थियो । महासंघका अनुसार यो साता छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार ५५० रुपैयाँ कायम छ ।
यसबाहेक यो साता चाँदीको मूल्यमा समेत गिरावट आएको छ । महासंघका अनुसार गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १७ सय २० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा १६ सय ७५ रुपैयाँमा आइपुगेको छ । यो प्रतितोला ४५ रुपैयाँको गिरावट हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
-
मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण