‘लन्डन टू पेरिस’को पर्खाइमा गरिमा
काठमाडौँ । टिकटकबाट उदाएकी मोडल हुन् गरिमा शर्मा । टिकटकपछि म्युजिक भिडियो हुँदै उनी अहिले फिल्मसम्म पुग्न सफल भएकी छन् ।
फिल्म यात्रा उनको ‘लन्डन टू पेरिस’बाट सुरु भएको हो । केही वर्ष अगाडि सुरु भएको फिल्म भर्खर छायाङ्कन सकिएको छ । फिल्मको छायाङ्कनसँगै फिल्म रिलिजको प्रतीक्षामा उनी छिन् । किनभने यो फिल्मबाट नेपाली रजटपटमा उनको उपस्थिति देखिनेछ । उनले यो फिल्मको प्रदर्शनपछि आफ्नो हातमा धेरै काम पर्ने आस उनको छ ।
त्यसो त ‘लन्डन टू पेरिस’ प्रदर्शन नहुँदै उनले अभिनेत्री नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ समेत काम गरेकी छन् । फिल्मको छायाङ्कन अझै बाँकी भएकोले यो कहिले आउने निश्चित छैन ।
‘लन्डन टू पेरिस’ घनश्याम लामिछाने निर्देशित फिल्म हो । लभस्टोरी कथामा निर्माण भएको फिल्म एबी इन्टरनेश्नलको ब्यानरमा अमित बस्नेत, परि थापा, सनिस खकुरेल, अजित थापाले बनाएका हुन् ।
फिल्ममा गरिमाको अलवा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, कबिर खड्का, लोकबिक्रम मल्ल लगायतको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण