सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘लन्डन टू पेरिस’को पर्खाइमा गरिमा

मङ्गलबार, २९ फागुन २०८०, ११ : ५७
मङ्गलबार, २९ फागुन २०८०

काठमाडौँ । टिकटकबाट उदाएकी मोडल हुन् गरिमा शर्मा । टिकटकपछि म्युजिक भिडियो हुँदै उनी अहिले फिल्मसम्म पुग्न सफल भएकी छन् ।

फिल्म यात्रा उनको ‘लन्डन टू पेरिस’बाट सुरु भएको हो । केही वर्ष अगाडि सुरु भएको फिल्म भर्खर छायाङ्कन सकिएको छ । फिल्मको छायाङ्कनसँगै फिल्म रिलिजको प्रतीक्षामा उनी छिन् । किनभने यो फिल्मबाट नेपाली रजटपटमा उनको उपस्थिति देखिनेछ । उनले यो फिल्मको प्रदर्शनपछि आफ्नो हातमा धेरै काम पर्ने आस उनको छ ।

त्यसो त ‘लन्डन टू पेरिस’ प्रदर्शन नहुँदै उनले अभिनेत्री नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ समेत काम गरेकी छन् । फिल्मको छायाङ्कन अझै बाँकी भएकोले यो कहिले आउने निश्चित छैन ।

‘लन्डन टू पेरिस’ घनश्याम लामिछाने निर्देशित फिल्म हो । लभस्टोरी कथामा निर्माण भएको फिल्म एबी इन्टरनेश्नलको ब्यानरमा अमित बस्नेत, परि थापा, सनिस खकुरेल, अजित थापाले बनाएका हुन् ।

फिल्ममा गरिमाको अलवा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, कबिर खड्का, लोकबिक्रम मल्ल लगायतको अभिनय रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप