सेयर बजारमा तीव्र उतारचढाव, अन्तिममा २ अंक घटेर बन्द
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तीव्र उतारचढाव देखिएको छ । बैंक ब्याजदर घट्दाको फाइदा उठाउनेहरूका अघि नाफा बुक गर्नेको सङ्ख्या बढ्दा नेप्सेमा तीव्र उतारचढाव देखिएको हो । आज सुरुवातमा बढ्ने संकेत देखाएपछि निरन्तरको घटबढपछि परिसूचक २.४८ अंक घटेर बन्द भयो ।
नेप्सेमा ०.११ प्रतिशतको गिरावट आएसँगै परिसूचक २१ सय ८ अंकमा पुगेर रोकिएको छ । यस क्रममा आज ९८ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि आएको छ भने १३३ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, १६ कम्पनीको मूल्य स्थिर कायम छ ।
परिसूचकमा सामान्य गिरावट आउँदा ४ अर्ब २४ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ८ लाख कित्ता सेयर किनबेच भएको छ । यस क्रममा आज ४ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । बिन नेपाल लघुवित्त वित्तीय संस्था, उन्नति सहकार्य लघुवित्त, आमन्त्रित लघुवित्त वित्तीय संस्था र समाज लघुवित्तको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।
आज शिवम् सिमेन्टको सेयर २५ करोड ५३ लाख ८३ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यो सबैभन्दा धेरै हो । यसपछि सोनापुर मिनरल्स एण्ड ओयल लिमिटेडको २० करोड ६९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज नेप्सेमा ७ समूहको सूचक भने घट्दा बाँकी ६ समूहको सूचकमा वृद्धि आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण