सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

उपेन्द्र यादवको चरित्र हत्या गर्ने गरी पम्पलेट टाँस्नेमध्ये दुईजना पक्राउ

बिहीबार, ०१ चैत २०८०, १३ : २०
बिहीबार, ०१ चैत २०८०

काठमाडौँ । उपेन्द्र यादवको असली मालिक को हो यस तस्बिरले प्रस्ट पार्छ भनी धनुषालगायत विभिन्न जिल्लामा पोस्टर टाँसेर उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको चरित्र हत्या गर्ने दुई जनालाई प्रहरी पक्राउ गरेको छ ।

धनुषा प्रहरीका अनुसार पङ्कज झा र मनिष पूर्वे रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख मित्रबन्धु शर्माका अनुसार फागुन २६ गते राती लुकिछिपी सो पोस्टर टाँसिएपछि टाँस्ने व्यक्तिको खोजी भइरहेको थियो ।

उनीहरूलाई बुधवार राती पक्राउ गरेको छ । उनीहरू हिन्दु धर्मका अभियन्ता हुन् । उनीहरूको बारेमा थप छानबिन भइरहेको उनले बताए ।

धनुषाको लादोबेलाबाट पक्राउ परेको झा र पूर्वे राष्ट्रिय एकता अभियानको कार्यकर्ता रहेको प्रहरी स्रोतले जनाएको छ । यस कार्यमा अझै केही व्यक्ति संलग्न रहेको देखिएको छ, उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय बाहिरी शक्तिको इसारामा उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवको विरुद्धमा विभिन्न अनग्रल पर्चा, पम्पलेट टाँस्ने गरेको जनता समाजवादी पार्टी नेपालका नेताहरूले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप