शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आमा

आइतबार, ०४ चैत २०८०, १४ : ३४
आइतबार, ०४ चैत २०८०

नौ नौ महिना पेटमा राख्यौ
म जन्मँदा खुसीले पूरै गाउँलाई डाक्यौ ।
न्वारनमा मेरा लागि नाम खोजी खोजी राख्यौ 
मेरा पास्नीका लुगाहरू अहिलेसम्म जोगाएर राख्यौ ।

मलाई हिँड्न नआउँदा ताते ताते भनेर बोलायौ 
मलाई खान मन नलाग्दा कोखाउ कोखाउ भनेर खुवायौ
मलाई बोल्न नआउँदा “पापा”, “दादा” भन्न सिकायौ
मलाई नाच्न नआउँदा ताली बजाएर नचायौ ।

म बदमास हुँदा अब नगर भनेर बुझायौ 
मलाई पढ्न नआउँदा क ख ग घ भनेर सिकायौ 
मैले केही जान्दा खुसीले सबैलाई सुनायौ 
मलाई लेख्न आउँदा आनन्दले रमाएर नाच्यौ ।

आज जे छु तिम्रै कारणले भएँ म 
हो आज जहाँ छु तिम्रै आधारले पुगेँ म ।
आमा तिमी नै बन्यौ मेरी पहिलो शिक्षिका
मलाई हिँड्न, बोल्न, हाँस्न र खेल्न सिकाउने तिमी नै मेरी प्रेमिका ।

मैले जे जे मागे त्यही त्यही किन्दियौ
मलाई डर लाग्दा काम भए पनि मसँगै बस्दियौ।
अरूको माया बिर्से पनि आमाको माया अमर छ
अरूको माया के माया आमाको माया सगर छ ।।

सेन्ट जेभियर्स स्कुल,जावलाखेल, कक्षा ७

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

स्वीकृति पराजुली
स्वीकृति पराजुली
लेखकबाट थप