उपनिर्वाचनमा घट्यो उत्साह : बझाङमा ५१ र इलाममा ५५ प्रतिशत मतदान
काठमाडौँ । इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा मतदाताको उत्साह कम देखिएको छ । शनिवार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानका क्रममा इलाम क्षेत्र नम्बर २ मा ५५ प्रतिशत हाराहारी मतदान भएको छ भने बझाङको प्रदेश सभा १ मा ५१ प्रतिशत हाराहारी मतदान भएको छ ।
रातोपाटीसँग कुरा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने–‘बझाङमा ५४ प्रतिशतसम्म मतदान होला भन्ने अपेक्षा थियो ५० देखि ५१ प्रतिशत हाराहारी होला जस्तो देखिन्छ । यद्यपि अहिलेसम्म आधिकारिक विवरण आइसकेको छैन । इलाममा ६० प्रतिशत पुग्छ कि भन्ने अपेक्षा गरेका छौं । अधिकांश मतदान केन्द्र खाली भइसकेको छ । साँझ ६ कति मत खस्यो, कसरी मतगणना गर्छौँ भन्ने विवरण सार्वजनिक गर्नेछौँ ।
उनले इलामका एउटा मतदान केन्द्रमा सामान्य विवाद बाहेक अन्य सम्पूर्ण मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण