१० खर्बको आयात हुँदा १ खर्ब नाघ्यो निर्यात, ८ महिनामा ९ खर्ब व्यापार घाटा
काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को ८ महिनाको अवधिमा नेपालले १० खर्ब ३० अर्ब २२ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । साउनदेखि फागुन महिनासम्मको अवधिमा उक्त मूल्य बराबरको वस्तु आयात भएको भन्सार विभागले जनाएको छ ।
यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा २.६६ प्रतिशतले न्यून भएको विभागको भनाइ छ । गत आर्थिक वर्षको ८ महिनाको अवधिमा १० खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । यो चालू वर्षको ८ महिनाको तुलनामा २८ अर्बले बढी हो ।
यस्तै, निर्याततर्फ भने नेपालको १ खर्ब रुपैयाँ नाघेको छ । चालू वर्षको ८ महिनाको अवधिमा नेपालबाट १ खर्ब रुपैयाँभन्दा बढीको निर्यात भएको छ । यो गत वर्षको तुलनामा ३.९९ प्रतिशतले कम हो । गत वर्ष १ खर्ब ४ अर्ब ७९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।
आयात–निर्यात घटेसँगै नेपालको वैदेशिक व्यापार घाटा पनि खुम्चिएको छ । यस अवधिमा नेपालको वैदेशिक व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड रुपैयाँ छ । नेपालले गत वर्षको यही अवधिमा ९ खर्ब ५३ अर्ब ५८ करोड रुपैयाँ व्यापार घाटा बेहोरेको थियो । गत वर्षको तुलनामा २.५२ प्रतिशतले व्यापार घाटा घटेको भन्सार विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण