शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

१० खर्बको आयात हुँदा १ खर्ब नाघ्यो निर्यात, ८ महिनामा ९ खर्ब व्यापार घाटा

मङ्गलबार, ०६ चैत २०८०, १५ : ०७
मङ्गलबार, ०६ चैत २०८०

काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को ८ महिनाको अवधिमा नेपालले १० खर्ब ३० अर्ब २२ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । साउनदेखि फागुन महिनासम्मको अवधिमा उक्त मूल्य बराबरको वस्तु आयात भएको भन्सार विभागले जनाएको छ ।

यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा २.६६ प्रतिशतले न्यून भएको विभागको भनाइ छ । गत आर्थिक वर्षको ८ महिनाको अवधिमा १० खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । यो चालू वर्षको ८ महिनाको तुलनामा २८ अर्बले बढी हो ।

यस्तै, निर्याततर्फ भने नेपालको १ खर्ब रुपैयाँ नाघेको छ । चालू वर्षको ८ महिनाको अवधिमा नेपालबाट १ खर्ब रुपैयाँभन्दा बढीको निर्यात भएको छ । यो गत वर्षको तुलनामा ३.९९ प्रतिशतले कम हो । गत वर्ष १ खर्ब ४ अर्ब ७९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

आयात–निर्यात घटेसँगै नेपालको वैदेशिक व्यापार घाटा पनि खुम्चिएको छ । यस अवधिमा नेपालको वैदेशिक व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड रुपैयाँ छ । नेपालले गत वर्षको यही अवधिमा ९ खर्ब ५३ अर्ब ५८ करोड रुपैयाँ व्यापार घाटा बेहोरेको थियो । गत वर्षको तुलनामा २.५२ प्रतिशतले व्यापार घाटा घटेको भन्सार विभागले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप