नेप्सेमा ३.३४ अंकको गिरावट, कारोबार पनि घट्यो
काठमाडौँ । सेयर बजार परिसूचक नेप्से बुधवार ३.३४ अंकले घट्दै २०६३.९५ विन्दुमा आएको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । साताको तेस्र्रो दिन नेप्से परिसूचकमा गिरावट भए पनि कारोबार रकम भने बढेको थियो ।
बुधवार ९४ लाख ४५ हजार ६९७ कित्ता सेयर किनबेच भएको छ । कारोकार रकम ३ अर्ब ४९ करोड ६२ लाख रुपैयाँ छ । मंगलबार ९४ लाख ७८ हजार ९ सय ३३ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ६३ करोड ३९ लाख रुपैयाँ थियो ।
आज ९४ कम्पनीका सेयरमूल्य बढ्दा लगानीकर्ताले कमाएका छन् भने १४७ कम्पनीका सेयर लगानीकर्तालाई नोक्सान भएको छ । ४ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।
आज १३ उपसमूहमा माइक्रोफाइनान्स, म्युचुअल फण्ड र व्यापारबाहेकका सबै घटेका छन् । उत्पादन तथा प्रशोधन उपसमूह सर्वाधिक १.४५ प्रतिशतले घटेको छ । आज गुर्खाज फाइनान्स र बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयरमा भने बढेर सकारात्मक सर्किट लागेको छ । सर्वोत्तम सिमेन्ट, गुराँस लघुवित्त र धौलागिरी लघुवित्त पनि बढेका छन् ।
सर्वाधिक कारोबार हुने कम्पनीहरुमा आज सोनापुर मिनरल्स सिमेन्ट अगाडि छ । उक्त कम्पनीको सेयर १९ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै शिवम् सिमेन्टको १७ करोड ६० लाख, गुर्खाज फाइनान्सको ७ करोड ४० लाख र फस्र्ट माइक्रो फाइनान्सको ७ करोड २८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण