नेप्सेमा दोहोरो अंकको गिरावट, तर बढ्यो कारोबार
काठमाडौं । सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटे पनि कारोबार रकम भने अघिल्लो दिनका तुलनामा बढेको छ । १५.३७ अंकले घट्दै नेप्से परिसूचक २०४८.५७ विन्दुमा रहँदा कारोबार रकम भने ४ अर्ब ३१ करोड ३० लाख रुपैयाँ छ ।
जबकी बुधबार ३.३४ अंकले घट्दै २०६३.९५ विन्दुमा रहँदा कारोबार रकम ३ अर्ब ४९ करोड ६२ लाख रुपैयाँ थियो ।
आज ४९ कम्पनीका सेयरमूल्य बढ्दा लगानीकर्ताले कमाएका छन् । १८७ कम्पनीका सेयर लगानीकर्तालाई नोक्सान भएको छ । ८ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।
१३ उपसमूहमा व्यापारबाहेकका सबै घटेका छन् । माइक्रोफाइनान्स उपसमूह सर्वाधिक १.३२ प्रतिशतले घटेको छ ।
आज धौलागिरी लघुवित्तको सेयरमूल्य भने बढेर सर्किट लागेको छ । सर्वोत्तम सिमेन्ट, किसान लघुवित्त र कर्णाली विकास बैंकका सेयरमूल्य पनि बढेका छन् ।
सर्वाधिक कारोबार हुने कम्पनीहरुमा आज माछापुछ्रे विकास बैंक अगाडि छ । उक्त बैंकको संस्थापक सेयर १ अर्ब २१ करोड ३२ लाख ८१ हजार रुपैयाँको किनबेच भएको छ ।
यस्तै गुर्खाज फाइनान्सको २८ करोड ५३ लाख, शिवम् सिमेन्टको १४ करोड ८८ लाख र सोनापुर मिनरल्सको १२ करोड ७७ लाखको कारोबार भएको छ ।
घटेका १८७ कम्पनीमा शीर्ष स्थानमा बुद्धभूमि नेपाल हाइड्रोपावर अगाडि छ । बुद्धभूमिको सेयरमा नेगेटिभ सर्किट लागेको छ । गुर्खाज फाइनान्स, बोटलर्स बालाजु, गुराँस लघुवित्त र लक्ष्मी लघुवित्त घटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण