सयौँ आयोजना खारेज गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सफल हुन नसक्ने सयौँ आयोजना रहेको भन्दै त्यस्तो आयोजनालाई खारेज गरिदिने बताएका छन् । बजेट निर्माणको परम्परागत शैली बदल्न सरकार लागिपरेको भन्दै प्रचण्डले बजेट जनतामा आशा जगाउने खालको बनाउने बताए ।
बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने–
–पुराना भएका सबै आयोजनाहरू लाई पनि निरन्तरता दिनैपर्ने, ती साना हुन्, ठुला हुन्, पुरा हुने खालका हुन्, पुरा नहुने खालका हुन्, ७० वर्ष लाग्ने खालका हुन्, ५० वर्ष लाग्ने हुन् । तर पनि धानेर लानै पर्ने । राष्ट्रिय गौरवका आयोजनाहरूलाई पनि सबै लिएर जानैपर्ने अनि सबै मन्त्रालयहरूले नयाँ-नयाँ योजनाहरू पनि थप्नै पर्ने । अनि हरेक वर्षमा जाँदा हामी झन् ठुला आर्थिक सङ्कटमा वा दबाबमा हुने जुन परिस्थिति बनेको छ, मैलै यसअघि क्याबिनेट र संसदमा भनिसकेको छु र आजको राष्ट्रिय विकास समस्या समाधान समितिमा भन्ने कुरा हो यो, अब यो स्थितिलाई हामीले बदल्छौँ ।
– सयौँ त्यस्ता आयोजनाहरू छन् जो सफल हुने वालापनि छैनन्, त्यहाँ १० लाख, २० लाख राख्ने कुरालाई बन्द गरिदिऊँ । सब खारेज गरिदिऊँ तिनलाई ।
–जो सम्पन्न हुन सम्भव छन्, तीनमा बजेट केन्द्रित गरेर छिटो टुंग्याउँ । बाँकी जनतामा आशा जागोस् । कुन चाहिँलाई प्राथमिकता दिने भन्नेबारे र जसले जनतालाई आशा जगाउन सक्छ त्यसबारे ध्यान दिऊँ । जनतामा आशा र परिणाम दिन पनि बजेट निर्माणको परम्परागत शैली बदलौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेश जारी गर्ने सरकारको निर्णयको कांग्रेसद्वारा निन्दा
-
पुटिनले नाभाल्नीलाई जेलमा मृत्युदण्ड दिन आदेश ‘नदिएको हुन सक्ने’ अमेरिकी गुप्तचर निकायको रिपोर्ट
-
विश्व अर्थतन्त्र र गाजाबारे साउदी अरबमा शिखर सम्मेलन हुने
-
प्रसारण लाइन बिस्तारमा स्थानीयको अवरोध
-
वनमा डढेलो लगाउनेलाई कडा कारबाही गर्ने कानुन आवश्यक : मुख्यमन्त्री अधिकारी
-
मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति