शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सहकारी अनियमिततामा संलग्न १ हजार ११० जना फरार

बिहीबार, १५ चैत २०८०, १७ : ४७
बिहीबार, १५ चैत २०८०

काठमाडौँ । सहकारी संस्थामा भएको अनियमिततामा संलग्न १ हजार ११० जना फरार छन् । २०७९ चैत १० देखी २०८० फागुन ३० सम्म दर्ता भएको सहकारीको अनियमितता सम्बन्धी मुद्दामा उनीहरू फरार रहेको प्रहरी प्रवक्ता (डीआईजी) भिम ढकालले जानकारी दिए ।

पछिल्लो एक वर्षको अवधिमा देशभर १४९ वटा सहकारी ठगी सम्बन्धी मुद्दा दर्ता भएको छ । सो मुद्दामा संलग्न २७१ जनालाई पक्राउ गरिएको डीआईजी ढकालले बताए ।

अनुचित लेनदेन मिटरब्याज सम्बन्धी १५२ वटा उजुरी प्रहरीमा आएको छ । तीमध्ये ६ वटा उजुरीबारे छलफलपछि मिलापत्र गराइएको र १४६ वटा अनुसन्धानमा रहेको डीआईजी ढकालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप