बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

जसपा कार्यकारिणी समितिको बैठक पार्टी कार्यालयमा जारी

शनिबार, १५ वैशाख २०८१, १६ : ५४
शनिबार, १५ वैशाख २०८१

काठमाडौँ । महाधिवेशन प्रतिनिधि चयनका लागि तयार पारेको निर्देशिकाको बारेमा छलफल गर्नका लागि जनता समाजवादी पार्टी (जसपा) को कार्यकारीणी समितिको बैठक बसिरहेको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा बैठक  जारी रहेको प्रचार प्रसार विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी गराए ।

निर्देशिका तयार पार्नका लागि जसपाका कार्यकारीणि सदस्य लालबाबु राउतको नेतृत्वमा गठन भएको कार्यदलले निर्देशिकाको मस्यौदा तयार गरेको छ ।कार्यकारणी सदस्य राउतले हिजो बसेको कार्यकारणी समितिको बैठकमा सो मस्यौदा पेश गरेका थिए । 

कार्यकारणी सदस्यहरूले सो मस्यौदा अध्ययन गरेपछि पुन बस्ने गरि हिजो बैठक स्थगित भएको थियो । आज सोही निर्देशिकामाथि छलफलका लागि बैठक बोलाएको कार्यकारिणी सदस्य राउतले बताए ।

राउतले प्रस्तुत गरेका मस्यौदामा १ हजार महाधिवेशन प्रतिनिधिको प्रस्ताव गरेका छन् । साथै महाधिवेशन प्रतिनिधि कुन प्रक्रियाबाट कसरी गर्ने कुन कलस्टरबाट कसरी प्रतिनिधि चयन गर्ने लगायतका प्रावधानहरू पनि प्रस्ताव गरेका छन्। जसपाको एकता महाधिवेशन जेठ २८ गतेदेखि ३० गतेसम्म जनकपुरमा हुने भएको छ ।

महाधिवेशनका लागि संगठित सदस्यहरू पनि टुङ्गो लगाइसकेको छ । जसपाका अनुसार संगठित सदस्य करिब १ लाख ४५ हजार रहेका छन् । ती संगठित सदस्यको बारेमा पनि कार्यकारिणी समितिले छलफल गर्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप