जसपा कार्यकारिणी समितिको बैठक पार्टी कार्यालयमा जारी
काठमाडौँ । महाधिवेशन प्रतिनिधि चयनका लागि तयार पारेको निर्देशिकाको बारेमा छलफल गर्नका लागि जनता समाजवादी पार्टी (जसपा) को कार्यकारीणी समितिको बैठक बसिरहेको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा बैठक जारी रहेको प्रचार प्रसार विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी गराए ।
निर्देशिका तयार पार्नका लागि जसपाका कार्यकारीणि सदस्य लालबाबु राउतको नेतृत्वमा गठन भएको कार्यदलले निर्देशिकाको मस्यौदा तयार गरेको छ ।कार्यकारणी सदस्य राउतले हिजो बसेको कार्यकारणी समितिको बैठकमा सो मस्यौदा पेश गरेका थिए ।
कार्यकारणी सदस्यहरूले सो मस्यौदा अध्ययन गरेपछि पुन बस्ने गरि हिजो बैठक स्थगित भएको थियो । आज सोही निर्देशिकामाथि छलफलका लागि बैठक बोलाएको कार्यकारिणी सदस्य राउतले बताए ।
राउतले प्रस्तुत गरेका मस्यौदामा १ हजार महाधिवेशन प्रतिनिधिको प्रस्ताव गरेका छन् । साथै महाधिवेशन प्रतिनिधि कुन प्रक्रियाबाट कसरी गर्ने कुन कलस्टरबाट कसरी प्रतिनिधि चयन गर्ने लगायतका प्रावधानहरू पनि प्रस्ताव गरेका छन्। जसपाको एकता महाधिवेशन जेठ २८ गतेदेखि ३० गतेसम्म जनकपुरमा हुने भएको छ ।
महाधिवेशनका लागि संगठित सदस्यहरू पनि टुङ्गो लगाइसकेको छ । जसपाका अनुसार संगठित सदस्य करिब १ लाख ४५ हजार रहेका छन् । ती संगठित सदस्यको बारेमा पनि कार्यकारिणी समितिले छलफल गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण