बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय पुँजीलाई उत्पादनमा जोड्न सरकार क्रियाशील छ: मन्त्री भण्डारी

शनिबार, १५ वैशाख २०८१, १७ : ०३
शनिबार, १५ वैशाख २०८१

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले लगानी सम्मेलनमार्फत राष्ट्रिय पुँजीलाई उत्पादनसँग जोड्न चाहेको बताएका छन् । लगानी सम्मेलनको सम्मुखमा मन्त्री भण्डारीले राष्ट्रिय पुँजीलाई उत्पादन र उद्यमशीलतामा जोड्ने गरी अघि बढाउन सरकार क्रियाशील रहेको बताएका हुन् । 

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट पनि सोही कुरामा केन्द्रित रहेर आउने दाबी गरे । मन्त्री भण्डारीले भने, ‘हामी सरकारमा छौँ । सरकारमा रहेर निर्वाह गर्नुपर्ने भूमिका समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा जो हाम्रो गन्तव्य हो । आजको चुनौती संविधान कार्यान्वयन भएका झन्डै एक दशकको आसपासमा हामी संविधान जारी गर्‍यौँ । तर पनि आशा र निराशाको बिचमा राष्ट्रिय राजनीति रुमलिइरहेको छ । त्यो निराशालाई चिर्दै आशाबाट हामीले राष्ट्रिय राजनीतिलाई ड्राइभ गर्नुपर्नेछ । त्यो काममा वर्तमान सरकार क्रियाशील रहेको छ ।’

’सरकारको न्यूनतम साझा नीति र नीतिगत प्राथमिकताले यी कुराहरूलाई सम्बोधन गरेको छ । यतिखेर सरकारले हामी लगानी सम्मेलनमार्फत आज बाह्य पुँजी र राष्ट्रिय पुँजीलाई हामीले उत्पादनसँग जोड्नुपर्ने, व्यवसायसँग जोड्नुपर्ने, उद्यमशीलतासँग जोड्नुपर्ने आजको आवश्यकता छ । त्यसै गरेर हामी नयाँ आर्थिक वर्षको पनि सम्मुखमा छौँ । नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट पनि हामी तयारीमा रहेका छौँ । अहिलेसम्म नीति एकातिर हुन्थ्यो, बजेट अर्कोतिर । त्यसैले हामीले नीतिगत प्राथमिकता बजेटले पछ्याउने गरी, बजेटले नीतिलाई सम्बोधन गर्ने गरी सरकारले यसलाई प्राथमिकतामा राखेको छ,’ उनले थपे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप