बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

शनिबार, १५ वैशाख २०८१, १६ : ४९
शनिबार, १५ वैशाख २०८१

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।

  • जाजरकोट, छेडागार्ड नगरपालिका-१२ बाढी भन्ने स्थानमा भे.१ त २९५९ नम्बरको ट्याक्टरको टायरले किच्दा  छेडागार्ड नगरपालिका-१२ मनाघाट बस्ने ४२ वर्षीय खडक बहादुर खत्रीको शुक्रबार बेलुकी मृत्यु भएको छ । उकालोमा ट्याक्टर ब्याक हुँदा ट्याक्टरमा सवार उनी आत्तिएर ट्याक्टरबाट हाम फाल्दा टायरले किचेर घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • गोरखा, गोरखा नगरपालिका-११ चौधकिलोमा गोरखाबाट बाह्रकिलोतर्फ जाँदै गरेको ग.१३ प ९३२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक सिरानचोक गाउँपालिका-७ बस्ने ४५ वर्षीय अशोक गहतराजको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गोरखामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी गहतराजकी श्रीमतीको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । 
  • महोत्तरी, मनराशिश्वा ‍नगरपालिका-८ कटैयास्थित सडकमा प्र.२-०२-००१ त १३०४ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने ७० वर्षीया साकिरा खातुनको शुक्रबार राति घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
  • यसैगरी महोत्तरी, बर्दिबास नगरपालिका-५ टुटेश्वर जंगलस्थित सडकमा प्रदेश २-०३-००७ प ३३६९ नम्बरको मोटरसाइकल शनिबार बिहान दुर्घटना हुँदा चालक सर्लाही बागमती नगरपालिका-४ बस्ने २२ वर्षीया स्मृति कार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको शुभ स्वस्थिक अस्पताल बर्दिबास हुँदै काब्या अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको शुभ स्वस्थिक अस्पताल बर्दिबासमा उपचार भइरहेको छ ।
  • नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-१४ गंगाबस्तीस्थित सडकमा धर्मबस्तीबाट चौपत्तातर्फ जाँदै गरेको लु.२१ प ३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय लिलाधर प्रसाद चौधरीको मृत्यु भएको छ । शुक्रबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप