आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

८ महिनामा नेपालीले खाए ४ लाख १६ हजार मेट्रिक टन तरकारी

सोमबार, १९ चैत २०८०, १३ : ५४
सोमबार, १९ चैत २०८०

काठमाडौँ । चालु आर्थिक वर्षको ८ महिनामा नेपालीले ४ लाख १६ हजार मेट्रिक टन आयातित तरकारी खाएका छन् । भन्सार विभागका अनुसार आठ महिनामा ४ लाख १६ हजार ८९६ मेट्रिक टन तरकारी आयात भएको देखिन्छ । 

सो बापत २१ अर्ब २० करोड ४२ लाख ५० रुपैयाँ खर्च भएको छ । यस्तै सरकारले ३ अर्ब ४९ हजार ९९ लाख २३ हजार रुपैयाँ राजस्व सङ्कलन गर्न सफल भएको छ । 

आयातितमध्ये अधिकांश भारतीय तरकारी हुन् । सो अवधिमा मात्रै ३ लाख १३ हजार ३३६ मेट्रिक टन भारतबाट आयात भएको विभागको तथ्याङ्क छ । भारतबाट तरकारी आयात गर्दा मात्रै १० अर्ब ८४ करोड २८ लाख ३८ हजार रुपैयाँ खर्च भएको छ । 

चीन, बङ्गलादेश, इटाली, थाइल्यान्ड लगायत मुलुकबाट १ लाख ३ हजार ५६० मेट्रिक टन तरकारी आयात भएको छ । सो बापत १० अर्ब ३६ करोड १४ लाख १२ हजार रुपैयाँ खर्च भएको विभागको तथ्याङ्क छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप