पाइलटहरूको हडतालबिच फ्लाइट घटाउँदै विस्तारा
नयाँ दिल्ली । भारतको मुख्य विमान सेवा प्रदायक कम्पनी विस्ताराले उडान सञ्चालन धमाधम घटाइरहेको छ । पाइलटहरू उपलब्ध नभएपछि उडान सञ्चालनमा समस्या भएको बताइएको छ ।
कम्पनीले मार्च ३१ यता १५० ओटा उडान रद्द गरिसकेको छ । अरू २०० वटा उडानमा ढिलाइ भएको थियो । सञ्चार माध्यमहरूमा छापिएका खबरका अनुसार पाइलटहरूको हड्तालका कारण यी समस्या देखिएका हुन् ।
एयर इन्डियासँग गाभिएपछि ‘पोष्ट’ फेरिएको भन्दै कम्पनीका पाइलटहरूले सामूहिक रूपमा बिरामी बिदा लिएर बसेका छन् । कम्पनीले चाँहि आफूले पाइलटहरुको काम र निजी जीवनबिचको तालमेल राम्रो बनाउन खोजिरहेको बताएको छ । अस्थायी रूपमा कम्पनीले उडानहरू कटौती गरिरहेको विस्ताराका एक अधिकारीले बताएका छन् । बुधबार कम्पनीका सीईओ विनोद कन्ननले सेड्यूल घटाएको मामिलामा पाइलटहरूसँग माफी माग्दै समस्या समाधानमा सहयोग मागेका थिए ।
यो महिनाको अन्त्यसम्म कम्पनीले उडानहरु रद्द गरिरहने उनले बताएका छन् । विस्तारामा बहुसंख्यक शेयर रहेको टाटा ग्रुपले सन् २०२१ मा ऋणमा चुर्लुम्म डुबेको एयर इन्डिया २ अर्ब २० करोड डलरमा भारत सरकारसँग किनेको थियो । यति बेला कम्पनीहरू गाभिने प्रक्रिया चलिरहेको छ । विस्तारा टाटा ग्रुप र सिंगापुर एयरलाइन्सको ज्वाइन्ट भेञ्चर हो । गाभिएपछि बन्ने कम्पनीको २५ दशमलव १ प्रतिशत शेयरका लागि विस्ताराले २५ करोड डलर लगानी गर्दैछ । नयाँ कम्पनीको तलब संरचना र कार्य घन्टाप्रति पाइलटहरु असन्तुष्ट भएको खबरहरू आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
-
रास्वपा मकवानपुरको सभापतिमा पाठक चयन
-
रास्वपा काठमाडौँको सभापतिमा राजा शाक्य निर्वाचित
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण