चैते रोपाइँमा व्यस्त विप्लव
कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवम् समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ कपिलवस्तुको जनकम्युनमा चैते रोपाइँमा व्यस्त रहेका छन् ।
काठमाडौँमा राजनीतिक भेटघाट र समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रम सकेर महासचिव विप्लव बुधबार पार्टी केन्द्रीय कार्यालय शिवराज नगरपालिका ९ शिवगढी पुगेका थिए । प्रतिबन्ध फुकुवा पछि पार्टीको केन्द्रीय उत्पादन नीति अन्तर्गत विप्लवले कपिलवस्तु लगायत देशभर खेतीयोग्य उत्पादन क्षेत्रमा सक्रियता बढाएका छन् ।
बुधवार कपिलवस्तु पुगेका महासचिव विप्लव धानको बिउ काढ्न खेतमा पुगेका थिए । बिहीबार दिउँसो स्थानीय नेता कार्यकर्ता र जनकम्युनका कार्यकर्ताहरू सँगै उनले चैते धान रोपेका हुन् ।
पार्टी सबै तहका नेता कार्यकर्ताहरूलाई एकल तथा सामूहिक वा संस्थागत ढङ्गले उत्पादनमा जोडिने केन्द्रीय नीति अन्तर्गत महासचिव विप्लव पनि खेतीपातीमा सहभागी भएको नेकपाका केन्द्रीय प्रचार विभागका सदस्य प्रकाश डुम्रेले बताए ।
झन्डै ५ कट्टामा रोपाइँ भइरहेको र बाँकी जग्गामा समेत चैत्र भित्र रोपाइँ सक्ने कार्यक्रम रहेको पार्टी निकट स्रोतले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसियासँगै घाना पनि अन्तिम ३२ मा !
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण