लुम्बिनीमा माओवादीका जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउने गठबन्धनबिच सहमति

काठमाडौँ । लुम्बिनी प्रदेशको नयाँ सत्ता गठबन्धनबिच ५ बुँदै सहमति भएको छ । बिहीबार मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले राजीनामा दिएपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी दलहरूले ५ बुँदे सहमति गरेका हुन् ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र प्रदेशसभा सदस्यबिच लुम्बिनीका नताको चाहना अनुसार समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश बनाउन सहमति गरिएको उल्लेख छ ।
सहमतिमा माओवादी केन्द्रका जोखबहादुर महरालाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न समर्थन गर्ने उल्लेख छ ।
यस्तै प्रदेश सरकारबाट गरिने सबै राजनैतिक नियुक्तिहरू सरकारमा सहभागी दलहरूको अपनत्व हुने गरी गरिने सहमति पत्रमा उल्लेख गरिएको छ ।
यसैबिच लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठबन्धनका लागि आह्वान गर्ने तयारी गरेका छन् ।
मुख्यमन्त्री चौधरीले संसद्लाई सम्बोधन गर्दै राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्ने तयारी गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
माओवादीले लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले आफूहरूले ४४ सांसदको हस्ताक्षर तयार गरेको र प्रदेश प्रमुखले आह्वान गर्ना साथ दाबी पेस गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
-
‘सशस्त्र प्रहरीलाई अर्धसैनिक बलकै रूपमा लैजानुपर्छ’
-
सुशील र अञ्जनाको ‘परिवर्तन’ झापाबाट सुरु
-
ऐतिहासिक पनौती हिलेजात्राको तयारी तीव्र
-
‘मिस एन्ड मिस्टर फिटनेस सुपरमोडल वर्ल्ड’का लागि भियतनाम उडे रोहित र प्रशंसा
-
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची