लुम्बिनीमा माओवादीका जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउने गठबन्धनबिच सहमति
काठमाडौँ । लुम्बिनी प्रदेशको नयाँ सत्ता गठबन्धनबिच ५ बुँदै सहमति भएको छ । बिहीबार मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले राजीनामा दिएपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी दलहरूले ५ बुँदे सहमति गरेका हुन् ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र प्रदेशसभा सदस्यबिच लुम्बिनीका नताको चाहना अनुसार समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश बनाउन सहमति गरिएको उल्लेख छ ।
सहमतिमा माओवादी केन्द्रका जोखबहादुर महरालाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न समर्थन गर्ने उल्लेख छ ।
यस्तै प्रदेश सरकारबाट गरिने सबै राजनैतिक नियुक्तिहरू सरकारमा सहभागी दलहरूको अपनत्व हुने गरी गरिने सहमति पत्रमा उल्लेख गरिएको छ ।
यसैबिच लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठबन्धनका लागि आह्वान गर्ने तयारी गरेका छन् ।
मुख्यमन्त्री चौधरीले संसद्लाई सम्बोधन गर्दै राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्ने तयारी गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
माओवादीले लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले आफूहरूले ४४ सांसदको हस्ताक्षर तयार गरेको र प्रदेश प्रमुखले आह्वान गर्ना साथ दाबी पेस गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते
-
नवडर्माको नयाँ बानेश्वरबाट सेवा विस्तार
-
जेनजी आन्दोलनमा भागे, ब्राउन सुगरसहित फेरि समातिए
-
समस्याग्रस्त सहकारी गाभ्नका लागि कामपाको सर्त
-
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
-
अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण