अमेरिकामा मन्दिर पुनर्निर्माण गर्न राजु पराजुलीले दिए १ करोड ४८ लाख
काठमाडौँ । अमेरिकामा हिन्दु–बुद्ध मन्दिर पुनर्निर्माणका लागी त्यहाँ बस्ने एकजना नेपालीले १ लाख ११ हजार डलर दान गरेका छन् । हिन्दु–बुद्ध मन्दिर बनाउन राजु पराजुलीले १ करोड ४८ लाख रुपैयाँ प्रदान गरेका हुन् ।
पराजुली नेपालका लागि अमेरिकाको मेरिल्यान्ड राज्यका पर्यटन प्रवर्द्धक हुन् । मेरिल्यान्ड राज्यको बाल्टिमोरमा रहेको हिन्दु–बुद्ध मन्दिर पुनर्निर्माणका लागि पण्डित दिनबन्धु पोखरेलले मार्च ३० देखि अप्रिल ६ सम्म लगाएको महायज्ञमा पराजुलीले सो दान गरेका हुन् । महायज्ञबाट २० लाख अमेरिकी डलर दान सङ्कलन गरिएको महायज्ञ व्यवस्थापन समितिले जनाएको छ ।
सो मन्दिर निर्माणमा पनि पराजुलीले यसअघि ६ हजार ६ सय अमेरिकी डलर दान गरेका थिए । सो रकमबाट मन्दिरमा स्थापित शिवलिंग परिसरको पुनर्निर्माण हुने छ । मन्दिरमा नेपालीहरूको आस्था जोडिएकाले आफूले सहयोग गरेको पराजुलीले बताए । ‘मन्दिर यहाँको नेपाली समाजको आस्थाको केन्द्रका रूपमा रहँदै आएको छ’ उनले भने–‘हाम्रो आस्था र नेपाली समाजलाई जोड्ने संस्था भएकाले मन्दिर बनाउन रकम दिएको हुँ ।’
मेरिल्याण्डमा उनले रेष्टुरेन्ट, लिक्वेर सप र ग्यास स्टेसन लगायत आधा दर्जन व्यवसाय संचालन गर्दै आएका छन् । उनी विगत २५ वर्षदेखि पर्यटन र हस्पिटालिटी व्यवसायमा आबद्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण