बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

‘कांग्रेसले गृहमन्त्रीलाई टार्गेट गर्नु सत्ता गठबन्धनमा भ्वाङ पार्ने आरण्य रोदन’

बुधबार, २८ चैत २०८०, १२ : ४२
बुधबार, २८ चैत २०८०

काठमाडौँ । नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले संसदमा सहकारीको विषयमा गृहमन्त्रीलाई मात्र टार्गेट गर्नु सत्ता गठबन्धनमा भ्वाङ पार्न कांग्रेसको आरण्य रोदन भएको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले सूर्यदर्शन सहकारीबारे कास्की जिल्ला अदालतमा विचाराधीन मुद्दामा बोल्न नहुने थाहा हुँदा हुँदै पनि त्यो विषय मात्र उठाएको बताए । 

सांसद थापाले भने–‘सहकारीको विषय आज घर घरको, समाजको, राष्ट्रको बहस भएको छ । हामी यसमा बहस केन्द्रित होस भन्ने चाहन्छौँ । तर व्यक्ति केन्द्रित भइरहेको छ ।  प्रतिपक्षलाई यो संसदमा प्रतिनिधित्व गर्नुहुने सबै सांसदहरूलाई संविधान बमोजिम अदालतमा विचाराधीन मुद्दामा यहाँ बहस हुँदैन भन्ने थाहा छ, तर हामीले यो विषय थाहा पाई पाई पनि उठाइरहेका छौँ ।’ 

उनले संसदमा सहकारीको विषय कुनै निष्कर्षमा पुग्नका लागि नभएको बताए । उनले सरकारका निकायलाई निर्देशन गरेर वा कानुन बनाएर एकजना पनि बचतकर्ता नठगिने सुनिश्चितता सरकार र संसद्ले गर्नुपर्ने बताए । यदि त्यसो गर्न नसक्ने हो सत्ता गठबन्धनलाई भ्वाङ पार्ने आरण्य रोदन मात्रै हुने उनले तर्क गरे । 

उनले कांग्रेस सांसद रामहरि खतिवडाले प्रधानमन्त्रीले गठबन्धन दलको नेताको रुपमा बोलेको भनेको प्रति के प्रधानमन्त्रीले प्रतिपक्षको नेताको रुपमा बोल्नुपर्ने भन्दै प्रश्न गरे । उनले समस्याग्रत सहकारी घोषणा गरेर बचतकर्ताको रकम फिर्ता गर्ने र ठगी गर्नेलाई कारबाही गर्नुपर्ने बताए । उनले गृहमन्त्रीलाई व्याक्ति केन्द्रीत प्रहार नगरी सहकारीका समस्या समाधान केन्द्रित हुन कांग्रेसलाई आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप