प्रतिवेदन सार्वजनिक गर्नु आफैँमा सकारात्मक : गगन थापा
काठमाडौँ । कांग्रेस महामन्त्री गगन थापाले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्नु आफैँमा सकारात्मक भएको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले प्रतिवेदन सार्वजनिक गरेकोमा शिक्षामन्त्री सुमना श्रेष्ठलाई धन्यवाद समेत दिएका छन् ।
महामन्त्री थापाले भनेका छन्, ‘आयोग बन्ने तर प्रतिवेदन सार्वजनिक नहुने अनि कार्यान्वयन त हुँदै नहुने प्रवृत्तिमा बिचमा प्रतिवेदन सार्वजनिक गर्नु नै आफैँमा सकारात्मक छ। प्रतिवेदनले उजागर गरेका सम्बन्धन, भर्ना, सिट, शुल्क लगायतका कतिपय विषयमा चिकित्सा शिक्षा ऐन नै बनेर आयोगमार्फत कार्यान्वयनको चरणमा छन् । त्यसलाई थप प्रभावकारी बनाउनु पर्नेछ।’
महामन्त्री थापाले कारबाहीको सिफारिस कार्यान्वयनको दिशामा अगाडि बढ्छ भन्ने विश्वास लिइएको समेत बताएका छन् । उनले मन्त्रीको यो सत्प्रयासमा आफ्नो साथ रहने प्रतिबद्धता समेत जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९ करोड कमाउँदै ५१ औँ दिन मनायो ‘लालीबजार’ले
-
नेपाल–चीन सम्बन्धको भविष्य युवाकै हातमा : चिनियाँ राजदूत
-
‘सङ्घीयता गुमे समावेशिता, लोकतन्त्र र संविधान गुम्ने खतरा’
-
कान्ति लोकपथमा रात्रिकालीन सवारी आवगमन पूर्ण रूपमा बन्द, यस्तो छ नयाँ तालिका
-
हेटौँडा–काठमाडौँ जोड्ने सडक राति बन्द हुने
-
लुम्बिनी प्रदेश सभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण