हेटौँडा–काठमाडौँ जोड्ने सडक राति बन्द हुने
सारांश
- हेटौँडा-काठमाडौँ सडकखण्डमा असार १६ र १७ गते राति यात्रा गर्न रोक लगाइएको छ ।
- जिल्ला प्रशासन कार्यालय मकवानपुरले भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै सम्भावित क्षति कम गर्न यो निर्देशन जारी गरेको छ ।
- सर्वसाधारणलाई पहिरो, बाढी र डुबानको जोखिम रहेका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सतर्कता अपनाउन आग्रह गरिएको छ ।
मकवानपुर । हेटौँडा–काठमाडौँ जोड्ने सडकमा असार १६ र १७ गते रातिको समयमा यात्रा गर्न रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले मङ्गलबार एक सूचना जारी गर्दै असार १६ गते बेलुका ५ बजेदेखि असार १७ गते बिहान ५ बजेसम्म र असार १७ गते बेलुका ५ बजेदेखि असार १८ गते बिहान ५ बजेसम्म सवारी चलाउन रोक लगाएको हो ।
प्रशासन कार्यालयले उक्त सडक खण्डमा कुनै पनि प्रकारका यात्रा नगर्न र नगराउन अनुरोध गरिएको छ । कार्यालयले जारी गरेको सूचना अनुसार असार १६ र १७ गते अति आवश्यक काम बाहेक यात्रा नगर्न आग्रह गरिएको छ भने ताल, नदी, खोला तथा अन्य जलाशयमा माछा मार्ने, पौडी खेल्ने, डुंगा चलाउने वा नदी तर्ने जस्ता जोखिमयुक्त गतिविधि नगर्न आग्रह गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीद्वारा जारी सूचनामा वर्षा र जोखिमको अवस्था हेरी सुरक्षाकर्मीले जिल्ला भित्रका कुनै पनि सडकमा निश्चित समयका लागि आवागमन रोक्न सक्ने भएकाले उक्त कार्यमा सहयोग र समन्वयका गर्न अनुरोध गरिएको छ ।
देशभर मनसुनी वर्षा सक्रिय भई भारी वर्षाको सम्भावना रहेकोले प्रशासन कार्यालयले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त भारी वर्षाको चेतावनीलाई मध्यनजर गर्दै सम्भावित मानवीय तथा भौतिक क्षति कम गर्न प्रशासनले उक्त निर्देशन जारी गरेको प्रजिअ अधिकारीले जारी गरेको सूचनामा उल्लेख छ ।
पहिरो, बाढी र डुबानको जोखिम रहेका क्षेत्र, नदी किनार तथा भिरालो स्थानमा अनावश्यक आवतजावत नगर्न र विशेष सतर्कता अपनाउन प्रशासनले सूचना अनुसार सूचित गरिएको छ ।
मौसम र सडकको अवस्थाबारे आधिकारिक सूचना र सुरक्षा निकायको निर्देशन पूर्ण रूपमा पालना गर्न र सुरक्षित भएपछि मात्र यात्रा गर्न प्रशासन कार्यालयले निर्देशन गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले चित्त बुझ्दो जवाफ नदिएको भन्दै कर्णाली प्रदेश सभा अवरूद्ध
-
महान्यायाधिवक्ता कँडेल १२ वर्षदेखि नेपाल र बेलायत आउजाउ गर्दाको प्रमाणित अभिलेख पेस गर्न आदेश
-
नेटटिभीले पायो ओटीटी प्रसारण सेवाको आधिकारिक लाइसेन्स
-
विष्णु पाैडेलकाे बन्दीप्रत्यक्षीकरण रिट : विचाराधीन र फैसला भइसकेका मुद्दाका सक्कल मिसिल झिकाउने आदेश
-
४ कर्मचारीसँग स्पष्टीकरण माग
-
कपिलवस्तु कारागारका कैदीबन्दीका मागबारे छानबिन समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण