नेपाल–चीन सम्बन्धको भविष्य युवाकै हातमा : चिनियाँ राजदूत
सारांश
- नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले नेपाल र चीन दुवै देशको भविष्य तथा द्विपक्षीय सम्बन्धको साँचो युवाकै हातमा रहेको बताएका छन् ।
- चाइना–नेपाल युथ फोरम २०२६ को भर्चुअल सत्रलाई सम्बोधन गर्दै उनले नयाँ युगमा दुई देशबीच बलियो रणनीतिक साझेदारी निर्माण गर्न युवा पुस्तालाई सशक्त बनाउनु आवश्यक रहेको कुरामा जोड दिए ।
- राजदूत झाङले आपसी समझदारीलाई अझ बलियो बनाउन नेपाल र चीनका युवाले विभिन्न क्षेत्रमा आपसी सहकार्य गर्न सक्ने र यसबाट दुवै देशलाई फाइदा हुने बताए ।
काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले नेपाल र चीन दुवै देशको भविष्य तथा द्विपक्षीय सम्बन्धको साँचो युवाकै हातमा रहेको बताएका छन् ।
चाइना–नेपाल युथ फोरम २०२६ को भर्चुअल सत्रलाई सम्बोधन गर्दै उनले दुवै देशका युवासँग यसरी जोडिन पाउँदा आफूलाई निकै खुसी लागेको धारणा राखेका हुन् ।
नयाँ युगमा दुई देशबीच बलियो रणनीतिक साझेदारी निर्माण गर्न युवा पुस्तालाई सशक्त बनाउनु आवश्यक रहेको कुरामा जोड दिँदै राजदूत झाङले युवाहरू नै चीन–नेपाल सम्बन्धको मुख्य आधार भएको स्पष्ट पारे । राजदूत झाङले आपसी समझदारीलाई अझ बलियो र प्रगाढ बनाउन नेपाल र चीनका युवाले विभिन्न क्षेत्रमा आपसी सहकार्य गर्न सक्ने बताए ।
नवप्रवर्तन र सबल नेतृत्वको विकासका लागि राष्ट्रिय सुशासनका क्षेत्रमा एकअर्काको अनुभव र सिकाइबाट सिक्नुपर्ने उल्लेख गर्दै उनले विभिन्न क्षेत्रमा दुवै देशलाई फाइदा हुने गरी आपसी हितका सहकार्यहरूमा सक्रिय रूपमा सहभागी हुन युवाहरूलाई आग्रहसमेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा बालबालिकाको प्रयोग : पार्टी मौन, मानवअधिकार आयोग बेखबर
-
पूर्वशेफद्वारा काइली जेनरमाथि गम्भीर आरोप
-
सर्लाहीका निलम्बित मेयर भरत थापालाई साधारण तारेखमा राख्न आदेश
-
गृहमन्त्रीपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो
-
बारम्बार टन्सिल हुनुलाई सामान्य नठानौँ
-
पाठ्यक्रम सुधार गर्न ५० हजार सुझाव सङ्कलन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण