शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

राजस्थानसँग पञ्जाव ७ विकेटले पराजित

आइतबार, ०२ वैशाख २०८१, ०७ : ३७
आइतबार, ०२ वैशाख २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले पञ्जाव किंग्सलाई ७ विकेटले पराजित गरेको छ । टस जितेर पाहुना टोलीका कप्तान सञ्जु सामसनले बलिङ गर्ने निर्णय लिएका थिए ।  

जसलाई उनका बलरहरूले सही साबित गर्दै पञ्जाब किंग्सलाई १४७ रनमा सीमित गरे । जवाफमा पाहुना टोलीले सुस्त सुरुवात गरे पनि अन्तमा सिमरोन हेटमायरको छोटो तर महत्वपूर्ण २७ रनको इनिङ्स खेल्दै राजस्थानलाई जित दिलाए ।

नियमित कप्तान शिखर धवन बिना मैदान उत्रिएको पञ्जावको ओपनिङ ब्याटिङमा जोनी बेयरस्टो र अथर्व तायडे आएका थिए । दुवै ओपनर १५–१५ रन बनाएर आउट भए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका प्रभसिमरन सिंह फेरि एकपटक फ्लप भए । 

उनले जम्मा १० रनको पारि खेले । मध्यक्रममा कप्तान साम करणले ६ र जितेश शर्माले १ चौका र २ छक्काको मद्दतले २९ रन बनाए । तल्लो अर्डरमा शशांक सिंहले ९ रन र लियाम लिभिङस्टोनले २१ रन बनाएर आउट भएका थिए ।

अन्तिममा पञ्जावका प्रभावशाली खेलाडीका रूपमा आएका आशुतोष शर्माले उत्कृष्ट ब्याटिङ गरे । आशुतोषले १६ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३१ रन बनाए । राजस्थानका आभेष खान र केशव महाराजले दुई दुई विकेट लिए ।

१४८ रनको लक्ष्यको जवाफमा रोयल्सका लागि ब्याटिङको ओपनिङका लागि यशस्वी जैसवाल र तनुष कोटियान आए पनि दुवैबीच ८.२ ओभरमा ५६ रनको सुस्त साझेदारी भयो । तनुषले ३१ बलमा २४ रन बनाए । 

यसपछि यशस्वी जैसवालले पनि राम्रो सुरुवातलाई ठूलो इनिङ्समा परिणत गर्न सकेनन् । जैसवाल २८ बलमा ३९ रन बनाएर आउट भए । सञ्जु सामसनले १८ रन, रियान परागले २३ रन र ध्रुव जुरेलले ८ रन जोडे ।

रोभम्यान पावेलले ५ बलमा ११ रनको छोटो तर महत्वपूर्ण इनिङ खेले भने अन्तिम ओभरमा सिमरोन हेटमायरले खेलको अन्त्य गरे । हेटमायरले १० बलमा १ चौका र ३ छक्का सहित २७ रन बनाए । पञ्जाबका लागि कागिसो रबाडा र साम कुरानले सर्वाधिक २–२ विकेट लिए ।

जितपछि राजस्थान १० अंकसहित शीर्ष स्थानमा रहेको छ भने पराजित भएको पञ्जाव ४ अंकसहित आठौं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप