मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

बालबाटिकामा रोबोटिक प्रोग्राम

सोमबार, ०३ वैशाख २०८१, २२ : ००
सोमबार, ०३ वैशाख २०८१

काठमाडौँ । राजधानीको बालाजु–नेपालटारस्थित बालबाटिका इन्टरनेशनल स्कुलले शैक्षिक सत्र २०८१ मा ‘रोबोटिक प्रोग्राम’ सञ्चालनमा ल्याएको छ । विद्यार्थीलाई सैद्धान्तिकसँगै प्राविधिक शिक्षामा जोड दिने उद्देश्यका साथ ‘बियोण्ड एपोजी’सँगको सहकार्यमा ‘रोबोटिक प्रोग्राम’ सञ्चालनमा ल्याइएको विद्यालयको भनाइ छ । 

विद्यालयका अध्यक्ष रमेश प्रसाईंका अनुसार बियोण्डसँग सम्झौतासँगै कक्षा ४ देखिका विद्यार्थीलाई रोबोटिक, कोडिङलगायतका व्यवहारिक ज्ञान सिकाइने निश्चित भएको छ । जसअनुसार साताको एक दिन विद्यार्थीहरूलाई यसबारे सिप सिकाइनेछ । 

ईसीए क्लास अन्तरगत करिकुलम बनाएर विद्यालयमा रोबोटिक प्रोग्राम सञ्चालन गर्ने गरिएको बियोण्ड एपोजीका सीईओ सुदीप विक्रम अधिकारीले जानकारी दिए । 

उनका अनुसार विद्यार्थीले ‘रोबोटिक प्रोग्राम’ अन्तर्गत तहगत रुपमा क्रमशः गेम बनाउने, कोडिङलगायतको ज्ञान प्राप्त गर्नेछन् । सुरुमा विद्यार्थीलाई रोबोटिक टुक्राहरू जोड्ने र सरल कोडिङ सिकाइन्छ। यस्तै माथिल्लो कक्षामा क्रमश: जटिल रोबोटिक किटहरू प्रयोग गरिन्छन् भने गणित, भौतिक शास्त्र, इञ्जिनियरिङ र प्रोग्रामिङ जस्ता विषयहरूसँग रोबोटिङलाई जोडेर पढाइन्छ।

‘हाम्रो सजिलो बट भन्ने डिभाइस छ । त्यसको आफ्नै सफ्टवेयर पनि  छ ।  यो प्रयोग गरेर विद्यार्थीले साइन्स, टेक्लोलोजीका कन्सेप्टसहरु सिक्ने भए’, उनले भने, ‘३ देखि ९ कक्षासम्म उनीहरुको लेभवअनुसार सिकाइन्छ । कोडिङ पनि सिकाइन्छ ।’

विद्यालयका प्रधानाध्यापक राजेश खकुरेलले प्रविधिले निकै फड्को मारेर अहिले एआईको युग सुरु भइसकेको अवस्थामा किताबी ज्ञानले मात्रै नपुग्ने भएकाले आफूहरुले  सोहीअनुसार गम्भीर बनेर पठनपठन गर्ने प्रयास गरेको जानकारी दिए । 

उनले आफूहरुले सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको पनि बताए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप