मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

श्रममन्त्री अर्याल र कतारका लागि राजदूतबीच भेटवार्ता

मङ्गलबार, ०४ वैशाख २०८१, १५ : ३४
मङ्गलबार, ०४ वैशाख २०८१

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र नेपालका लागि कतारका राजदूत मिशाल विन मोहम्मद एल एई अन्सारी बिच शिष्टाचार भेट भएको छ । भेटमा श्रममन्त्री डोलप्रसाद अर्यालले नेपाली श्रमिकको सीप विकासमा सहयोग गर्न आग्रह गरे ।

‘हामी सीपयुक्त नेपाली श्रमिक रोजगारीमा पठाउन र नेपाली श्रमिकलाई सिपयुक्त बनाउन चाहन्छौ । त्यसैले श्रमिकको सीप विकासमा तपाईहरुको सहयोगको अपेक्षा गर्छौ,’ मन्त्रीले भभने ।

कतारले नेपाली श्रमिकलाई रोजगारीको अवसर दिएकोमा मन्त्री अर्यालले धन्यवाद दिए । ‘कतारले नेपाली श्रमिकलाई समान व्यवहार गरेको छ भन्नेमा म विश्वस्त छु । कतारले मर्यादित र व्यवस्थित श्रमको अभ्यास गरेको छ । जुन प्रसंशनिय छ,’ उनले भने ।

नेपालका लागि कतारका राजदूत मिशाल विन मोहम्मद एल एई अन्सारीले नेपाल कतारको दोस्रो ठूलो स्रोत मुलुक भएको बताए ।

कतारको विकासमा नेपाली श्रमिकको ठूलो योगदान रहेको बताए । नेपाली श्रमिकको सीप विकास लागि कतार सहयोग गर्न कतार सधै तयार रहेको उनले स्पष्ट पारे ।

‘नेपाली श्रमिकको सिप विकासका लािग के के  गर्नुपर्छ, प्रस्ताव ल्याउनुहोस । हामी सबै खालको सहयोग गर्न तयार छौ,’ उनले भने ।

भेटका क्रममा कतार सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको भ्रमण र नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनमा बिषयमा पनि छलफल भएको थियो ।

कतारमा तीन लाख ६७ हजार ३८९ नेपाली श्रमिक छन् । जसमध्ये पुरुषको संख्या तीन लाख ५१ हजार ८३४ छ भने महिला श्रमिकको संख्या १५ हजार ५५५ छ । कतारले आप्रवासी श्रमिकको लागि पनि न्यूनतम पारिश्रमिक लागू गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप