बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

छोटुलालले फिर्ता गरे बाटोमा भेट्टाएको १७ लाख रुपैयाँ

बिहीबार, ०६ वैशाख २०८१, १९ : ३५
बिहीबार, ०६ वैशाख २०८१

पोखरा । पोखरामा एक व्यक्तिले बाटोमा खसेको १७ लाख रुपैयाँ भेटेका छन् । बिहीबार पोखरामा मनोहर पवँरले बैंकमा जम्मा गर्न लगेको रकम बाटोमा झरेपछि प्रहरीमा खबर गरेका थिए । प्रहरीले खोजी गर्ने क्रममा भारत घर भएका छोटुलाल शर्माले भेटेको पत्ता लगेको थियो । 

दिउँसो साढे १ बजे पृथ्वीचोकस्थित माता श्री ज्वेलर्समा काम गर्ने कालिगढ पवँरले नयाँ बजारमा रहेको कृषि विकास बैंकमा जम्मा गर्न लगेको रकम मोटरसाइकलको लेग गार्डबाट झरेको थियो । 

तत्कालै उनले प्रहरीलाई खबर गरे । प्रहरीले खोजी गर्दा छोटुलालले फेला पारेर राखेका थिए । छोटुलालकै रोहबरमा ज्वेलर्सका सञ्चालक ध्रुवकुमार सुनालाई फिर्ता गरिएको डीएसपी बसन्त कुमार शर्माले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप