आईपीएलमा मुम्बईको तेस्रो जित, पन्जाब ९ रनले पराजित
काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत गए राति भएको खेलमा मुम्बई इण्डियन्स विजयी भएको छ । मोहालीमा भएको खेलमा मुम्बईले पन्जाब किंग्सलाई नौ रनले हरायो ।
एक सय ९२ रनको लक्ष्य पछ्याएको पन्जाबलाई एक सय ८३ रनमा अलआउट गर्दै मुम्बईले आईपीएलको यो सिजनमा तेस्रो जित निकालेको हो ।
आशुतोश शर्माले विस्फोटक ब्याटिङ गरेपनि अन्तिम तीन ओभरमा मुम्बईका बलरले तीन विकेट लिँदा जितनजिक पुगेको पन्जाबले पराजय भोग्यो ।
७७ रन बनाउँदा ६ विकेट गुमाइसकेको पन्जाबका लागि आशुतोषले २८ बलमा दुई चौका र सात छक्का प्रहार गरेर ६१ रन बनाए । यस्तै शशांक सिंहले २५ बलमा ४१ रन बनाए ।
बलिङतर्फ जस्प्रित बुम्राह र जेराल्ड कोट्जीले तीन तीन विकेट लिए भने आकाश मधवाल, हार्दिक पाण्ड्या र श्रेयस गोपालले एक एकविकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ९२ रन बनाएको थियो ।
यसकालागि सुर्यकुमार यादवले ५३ बलमा ७८ रन बनाए । उनले सात चौका र तीन छक्का प्रहार गरेका थिए । रोहित शर्माले ३६ र तिलक वर्माले अविजित ३४ रन बनाए ।
बलिङतर्फ हर्सल पटेलले तीन विकेट लिए भने साम करनले दुई तथा कागिसो रबाडाले एक विकेट हात पारे ।
जीतसँगै मुम्बई ६ अंकबनाउँदै तालिकाको सातौं स्थानमा उक्लिएको छ । समान खेलबाट चार अंक जोडेको पन्जाब नवौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हालान्डको नर्वेलाई रोक्ने आइभोरी कोस्टको नयाँ हतियार
-
सेयर बजारमा २४.६३ अंकको गिरावट, नेप्से २६ सय नजिक
-
एक महिनासम्म किन केन्द्रमा पुगेन कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवरण ?
-
देशैभर किन झ्याप्प–झ्याप्प गइरहेको छ बिजुली ?
-
सिलिचोङमा पहिरो : विस्थापितको सङ्ख्या २८, विद्युत सेवा अवरूद्ध, ६ सय घर अन्धकारमा
-
विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण