बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

आईपीएलमा मुम्बईको तेस्रो जित, पन्जाब ९ रनले पराजित

शुक्रबार, ०७ वैशाख २०८१, ०६ : ५७
शुक्रबार, ०७ वैशाख २०८१

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत गए राति भएको खेलमा मुम्बई इण्डियन्स विजयी भएको छ । मोहालीमा भएको खेलमा मुम्बईले पन्जाब किंग्सलाई नौ रनले हरायो ।

एक सय ९२ रनको लक्ष्य पछ्याएको पन्जाबलाई एक सय ८३ रनमा अलआउट गर्दै मुम्बईले आईपीएलको यो सिजनमा तेस्रो जित निकालेको हो । 

आशुतोश शर्माले विस्फोटक ब्याटिङ गरेपनि अन्तिम तीन ओभरमा मुम्बईका बलरले तीन विकेट लिँदा जितनजिक पुगेको पन्जाबले पराजय भोग्यो । 

७७ रन बनाउँदा ६ विकेट गुमाइसकेको पन्जाबका लागि आशुतोषले २८ बलमा दुई चौका र सात छक्का प्रहार गरेर ६१ रन बनाए । यस्तै शशांक सिंहले २५ बलमा ४१ रन बनाए ।

बलिङतर्फ जस्प्रित बुम्राह र जेराल्ड कोट्जीले तीन तीन विकेट लिए भने आकाश मधवाल, हार्दिक पाण्ड्या र श्रेयस गोपालले एक एकविकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ९२ रन बनाएको थियो । 

यसकालागि सुर्यकुमार यादवले ५३ बलमा ७८ रन बनाए । उनले सात चौका र तीन छक्का प्रहार गरेका थिए । रोहित शर्माले ३६ र तिलक वर्माले अविजित ३४ रन बनाए । 

बलिङतर्फ हर्सल पटेलले तीन विकेट लिए भने साम करनले दुई तथा कागिसो रबाडाले एक विकेट हात पारे ।

जीतसँगै मुम्बई ६ अंकबनाउँदै तालिकाको सातौं स्थानमा उक्लिएको छ । समान खेलबाट चार अंक जोडेको पन्जाब नवौँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप